NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

भाउजुको हत्याको आठ वर्षपछि देवरलाई जन्मकैद

खबरडबली संवाददाता
काठमाडौं । भाउजूको हत्या आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द राय  उनका भाइ शिवानन्द रायलाई सोमबार जन्मकैद सजायको सजायँ सुनाइएको छ ।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले घटनाको आठ वर्षपछि अभियुक्तहरूलाई जन्मकैद सजायको सुनाउनुभएको हो । अभियुक्तहरु दुवै हालसम्म फरार रहेको अदालतले जनाएको छ ।
 
आठ वर्षदेखि पेसी रोकिँदै आएको सो मुद्दा सप्तरी जिल्ला अदालतका १८ जना न्यायाधीशले हेरिसकेका थिए । पटकपटक पेसी चढे पनि गत माघ १६ गते मुद्दाको ६१औँ पटक पेसी सारेर  फैसला हुन सकेको थिएन । जिल्ला अदालतले शिवानन्दलाई ०७४ साउन ४ गते रु २० हजार र विद्यानन्दलाई ०७४ असोज १ गते रु १५ हजार धरौटीमा छाड्न आदेश दिएको थियो । जनकपुर उच्च अदालतको राजविराज इजलासले पनि ०७५ असार ७ गते उक्त आदेश सदर गरेपछि मृतकको छोरा बेचनले उक्त आदेशविरुद्ध ०७५ साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । 
 
सर्वोच्च अदालतले मातहतका दुवै अदालतको आदेश बदर गर्दै ०७७ असार ५ गते दुवै आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकामा हालसम्म आरोपित दुवै फरार छन् । सिसौको रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै कुटपिट हुँदा लाठी र फलामको रड प्रहारबाट ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते मृत्यु भएको थियो । छोरा बेचनले घटनाकै दिन २०७२ वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा अभियोगपत्र दायर गर्नुभएको थियो । 
 
फैसलाका लागि मुद्दाका सबै अङ्ग पुगे पनि अस्वाभाविक ढिलाइले आर्थिक नोक्सानी र मानसिक तनाव झेलिरहनुभएका बेचनले फैसलाप्रति सन्तोष व्यक्त गर्नुभयो । अन्य आरोपितहरू शिवानन्दकी श्रीमती मञ्जुदेवी राय, विद्यानन्दकी श्रीमती विन्दुदेवी राय,उनीहरूका छोरा चन्दनकुमार राय, कान्छा देवर कामानन्द राय र उनकी श्रीमती रेणुदेवी रायले भने सफाइ पाएका छन् । 
Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page