काठमाडौ । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का पदाधिकरी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा महासङ्घका अध्यक्ष शेखर गोल्छा, महानिर्देशक गोकर्णराज अवस्थी र जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का वरिष्ठ प्राध्यापक एवं नेपालसम्बन्धी जानकार महेन्द्र पी लामाको नेतृत्वमा नेपाल भ्रमणमा आएको निगमको तीन सदस्यीय टोली सहभागी रहेको महासङ्घले जनाएको छ ।
भेटका अवसरमा दुुई देशबीचको व्यापार तथा लगानीको पछिल्लो अवस्थाका साथै हालको व्यापार तथा लगानीको अवस्थामा सुधारका विषयमा छलफल भएको थियो । नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र अन्य दक्षिण एसियाली देशहरूबीच क्षेत्रीय मूल्य शृङ्खलाको विकासका सम्भावनाबारे पनि सो अवसरमा छलफल भएको थियो ।
छलफलमा दुुई देशले प्रयोग गर्दै आएका व्यापारिक नाकामा रहेका अवरोध, आयात निर्यातलाई थप सहजीकरण गर्न गर्नुपर्ने पहल, लगानी विस्तार तथा निर्यातमा रहेका समस्यामाथि सुुझाव दिन भारतीय टोलीले आग्रह गरेको थियो । आयातरनिर्यातसम्बन्धी नीतिगत समस्या, पूर्वाधार, सीमा सुरक्षा, प्राविधिक तालमेल आदिका विषयमा पनि सो अवसरमा छलफल भएको महासङ्घले जनाएको छ ।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले नेपाल भारतबीच विशिष्टीकृत सम्बन्ध रहेको र आर्थिक विकासको प्रयासमा पनि नेपालले सधँै भारतीय सहयोगको अपेक्षा गरेको बताउनुुभएको थियो । उहाँले दुुई देशबीचको व्यापारिक नाकाको अवस्था अत्यन्त कमजोर रहेको, चिया, अलैँची, अदुवालगायतका नेपाली कृषि उत्पादन भारतीय ब्राण्डको नाममा विश्व बजारमा जाने गरेकाले यसमा भारतीय पक्षबाट उदारतापूर्वक सहयोग हुनुुपर्ने सुुझाव राख्नुुभएको थियो ।
महासङ्घले नेपाल, भारतसहित क्षेत्रीय आर्थिक सम्बन्ध विस्तारमा रहेका चुनौती तथा समस्या सम्बन्धमा अध्ययन गरी छिट्टै सुुझाव पेश गर्ने पनि प्रतिनिधिमण्डललाई जानकारी गराएको छ । ‘नेडफी’का अध्यक्ष मूर्तिले भारतको उत्तरपूर्वी क्षेत्रमा औद्योगिक, पूर्वाधार, कृषिसम्बद्ध परियोजना स्थापना गर्नका लागि लघु, साना, मझौला र ठूला उद्यमलाई वित्तीय सहायता प्रदान गर्दै आएको र यसमा नेपालसँग पनि कसरी सहकार्य गर्न सकिन्छ भनी अध्ययन गर्न नेपाल भ्रमणमा आएको जानकारी गराउनुुभएको थियो ।
जेएनयुका वरिष्ठ प्राध्यापक लामाले दुवै देशबीच रहेका नीतिगत, संरचनागत, पूर्वाधार, कार्य तौरतरिका, प्रविधि आदिमा रहेका असमानतालाई कम गरी आर्थिक विकासका माध्यमबाट आपसी लाभ लिने कार्यमा कसरी संयुक्तरूपमा अगाडि बढ्न सकिन्छ भन्ने अध्ययन गर्न आफूहरू नेपाल भ्रमणमा आएको बताउनुभएको थियो ।
आपसी भेटमा महासङ्घबाट आएका सुुझावलाई आफूहरूले सम्बन्धित निकायमा–सम्बोधन गराउने कार्यमा सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुुभएको थियो । उहाँले हाल कायम रहेका नाकाका अतिरिक्त ताप्लेजुङको चिवा नाकालगायत थप अन्य नयाँ नाका खोली आर्थिक गतिविधिलाई थप विस्तार गर्नुपर्ने सुुझाव दिनुुभएको थियो । यसले ताप्लेजुङ, पाथीभरा, सिक्किमसहित त्यस क्षेत्रका अन्य जिल्लालाई जोड्ने र त्यसबाट ठूलो लाभ उठाउन सकिने धारणा प्राध्यापक लामाले राख्नुुभएको थियो । भेटमा महासङ्घका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने, नेडफीका अन्य सदस्यको पनि उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...
आषाढ़ १३ गते, २०८३ - १७:४८
जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...
आषाढ़ १३ गते, २०८३ - १७:०२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...
आषाढ़ १३ गते, २०८३ - १६:५३
विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...
आषाढ़ १३ गते, २०८३ - १५:२२
सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...
आषाढ़ १३ गते, २०८३ - १५:०८
काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...
आषाढ़ १३ गते, २०८३ - १४:५५
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...
आषाढ़ १३ गते, २०८३ - १४:२५
नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...
आषाढ़ १३ गते, २०८३ - १४:१०
काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...



प्रतिकृया लेख्नुहोस्: