Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

चना खाँदा मधुमेहजस्ता रोग गायब, थाहा पाउनुस् यसका अपत्यारिला लाभ

\"gram\"काठमाडौं । यदि तपाईं फुर्तीलो भइरहन चाहनुहुन्छ भने नियमित रुपमा चना खान सुरु गर्नुहोस् । चना चाहे भुटेको, तारेको, तरकारी बनाएको जस्तो सुकै होस् यी सबै शरिरका लागि फाइदाजनक हुन्छ । चनामा निकै धेरै पौष्टिक तत्व पाइन्छ । चनाले तपाईंलाई सुन्दर बनाउँछ भने तपाईंको दिमागलाई तेज राख्नमा मद्दत गर्दछ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, रेशा, क्याल्सियम, आइरन र भिटामिन पाइने गरिन्छ । चनाको सेवन गर्नाले ठूला ठूला रोग पनि निको हुने गर्दछ । थाहा पाऔं चना खानुका अरु फाइदा । –    यदि तपाईं आफ्नो तौलका कारण तनावमा हुनुहुन्छ भने टुसा निस्केको चनाको सेवन गर्नुहोस् । यसले मोटोपनासहित थुप्रै रोगबाट फाइदा पुर्याउँछ । –    यदि कोही गर्भवती महिलालाई बान्ता भइरहेको छ भने चनाबाट बनेको सातु पिउनुहोस् । यसले निकै फाइदा पुर्याउँछ । –    यदि तपाईं मानसिक तनावबाट ग्रस्त हुनुहुन्छ भने राती चना दाल भिजाउनुहोस् र बिहान यसलाई पिसेर यसमा चिनी र पानी मिसाएर पिउनुहोस् । यसले तपाईंलाई निकै राहत प्रदान गर्दछ । –    शरिरमा आइरनको कमीबाट हुने एनिमियाको समस्यालाई दैनिक चना खाएर हटाउन सक्नुहुन्छ । आइरनले भरिपूर्ण चनाले एनिमियाको समस्यालाई निकै हदसम्म कम गर्न सक्दछ । चनामा २७ प्रतिशत फस्फरस र २८ प्रतिशत आइरन हुने गर्दछ जसले नयाँ ब्लड सेल्सलाई बनाउँछ भने हेमोग्लोबिनलाई पनि बढाउने कार्य गर्दछ । –    आजकाल शरिरमा पत्थरी हुनु सामान्य जस्तै बनिसकेको छ । यसबाट तपाईं चनाले टाढा राख्न सक्छ । रातभरी भिजाएको चनामा थोरै मह मिसाएर खानुहोस् । दैनिक यसरी खाएमा पत्थरीको हुने सम्भावना अत्यन्त कम हुने गर्दछ र यदि पत्थरी छ भने पनि यो सजिलै निस्कने गर्दछ । यसका साथै चनाको सातू र आटा मिसाएर बनेको रोटीले पनि यो समस्याबाट राहत दिने गर्दछ । –    यदि तपाईंलाई कब्जियतको समस्या छ भने रातभरी भिजाएको चनाबाट पानी निकालेर त्यसमा नुन, अदुवा र जिरा मिसाएर खानुहोस् । यसका साथै जुन पानीमा चना भिजाइएको थियो त्यो पानी पिउँदा पनि राहत पाइने गर्दछ किनभने चनामा भारी मात्रामा फाइबर हुने गर्दछ जुन हाम्रो शरिरको लागि निकै जरुरी हुन्छ । –    मधुमेहका बिरामीका लागि चनाको सेवन निकै लाभदायक हुन्छ किनभने चनाले निकै ताकत दिने गर्दछ भने यसले शरिरको अतिरिक्त ग्लूकोजको मात्रा कम गर्ने गर्दछ । यसका लागि बिहानै खाली पेटमा चनाको सेवन गर्नुहोस् । दुई मुट्ठी चना खाँदा मधुमेहको मात्रालाई नियन्त्रणमा ल्याउन सकिन्छ । –    यदि तपाईं हिक्हिकको समस्याले धेरै समस्या दिइरहेको छ भने चनाको बोटको सुकेको पातको धुम्रपान गर्दा हिक्हिक आउन बन्द हुन्छ । यसका साथै चना आन्द्राको रोगको लागि पनि निकै फाइदाजनक मानिन्छ । –    चना केवल रोगको लागि मात्र फाइदाजनक नभइ यसले छालालाई पनि निकै फाइदा पुर्याएको हुन्छ । यदि तपाईं आफ्नो अनुहारलाई निखार्न चाहनुहुन्छ भने नुहाउनुभन्दा पहिले बेसनमा दुधलाई मिक्स गर्नुहोस् र यसलाई अनुहारमा १५–२० मिनेट राख्न दिनुहोस् र पछि सुकिसकेपछि चिसो पानीले धुनुहोस् । चनाको प्रयोगले रंगको साथै दादलगायत छालासँग सम्बन्धित सबै समस्या टाढा हुने गर्दछ । –    यदि तपाईंलाई पटक–पटक पिसाब आउने समस्या छ भने भुटेको चनाको सेवन गर्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies