काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन् ।
प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन हुनुभएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरेको थिए । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन् ।
मन्त्री शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले पत्रकारद्वयको व्यक्तिको बारेमा चर्चा गरेको थिए ।
सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ११:५७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले अग्रता लिए...
फाल्गुन २२ गते, २०८२ - ११:४४
महोत्तरी। महोत्तरी निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिएको अग्रता निरन्तरत कायम राखेको छ । ...
फाल्गुन २२ गते, २०८२ - ११:३१
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार रवि लामिछाने ले ५ हजार ४७५ मत प्राप्त गर्द...
फाल्गुन २२ गते, २०८२ - ११:१९
तनहुँ। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार बिहान १ बजेदेखि सुरु भएको छ । प्राप्त प्रारम्भिक मत परिणाम अनुसार राष्ट्...
फाल्गुन २२ गते, २०८२ - १०:४३
रुकुमपूर्व। रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राखेको छन् । भूमे गाउँपाल...
फाल्गुन २२ गते, २०८२ - १०:३६
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह उम्मेदवार रहेको सर्लाही–४ मा मतगणना सुर...
फाल्गुन २२ गते, २०८२ - ०८:४७
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्। मतगणनाको पछिल्ल...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन्। ...
फाल्गुन २२ गते, २०८२ - ०७:५८
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...
फाल्गुन २२ गते, २०८२ - ०७:५२
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...



प्रतिकृया लेख्नुहोस्: