काठमाडौ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यही माघ १ मा विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन् ।
प्रेस सेन्टर नेपालद्वारा केन्द्रीय कार्यालय बबरमहलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनामा परी निधन हुनुभएका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीलगायत सबै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
कार्यक्रमा मन्त्री शर्माले पत्रकारद्वय पौडेल र शाहीप्रति श्रद्धाञ्जली अर्पण गरेको थिए । पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सेन्टरका उपाध्यक्ष थिए भने शाही पोखरा महानगर समितिका सदस्य थिए।
कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । उनले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गरिन् ।
मन्त्री शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा र महासचिव सन्तोष पौडेलले पत्रकारद्वयको व्यक्तिको बारेमा चर्चा गरेको थिए ।
सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १४ गते, २०८१ - १७:१४
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्ड...
बैशाख १४ गते, २०८१ - १७:००
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्...
बैशाख १४ गते, २०८१ - १६:३६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ...
बैशाख १४ गते, २०८१ - १६:३०
काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड...
बैशाख १४ गते, २०८१ - १६:१४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर ग...
बैशाख १४ गते, २०८१ - १५:४७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...
बैशाख १४ गते, २०८१ - १५:३९
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...
बैशाख १४ गते, २०८१ - १५:३४
ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...
बैशाख १४ गते, २०८१ - १४:४८
काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...
बैशाख १४ गते, २०८१ - १४:३७
काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...
प्रतिकृया लेख्नुहोस्: