Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

इलाममा १४७ सम्बन्धविच्छेदका घटना

इलाम । वैदेशिक रोजगार, अन्तरजातीय र कम उमेरमा गरिएका विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । जिल्ला अदालतका अनुसार आव २०६९/०७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएकामा दुई वर्षपछि अर्थात् आव २०७१/०७२ मा त्यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि हुन गई १४७ पुगेको छ । आव २०७०/०७१ मा ९८ वटा मुद्दा दर्ता भएको थियो । गत आवमा दर्ता भएका सम्बन्धविच्छेदका घटनामध्ये ११४ वटाको फैसला भइसकेको छ । सम्बन्धविच्छेद गर्ने १६ देखि ४५ वर्ष उमेर समूहका बढी रहेको अदालतले जनाएको छ । विवाह भएको एक वर्षदेखि ८/१० वर्षसम्ममा अदालतमा घटना दर्ता हुने गरेका छन् । विवाहपश्चात् वैदेशिक रोजगारमा गएपछि श्रीमान् श्रीमतीबीच अविश्वास बढ्दै गएर सम्बन्धविच्छेदसम्म पुग्ने गरेको छ । श्रीमान्ले विदेशबाट पठाएको सम्पत्ति लिएर श्रीमतीले दोस्रो विवाह गर्ने तथा श्रीमान् फर्किएर दोस्रो विवाह गर्न बाध्य भएपछि अदालतमा पुगेर सम्बन्धविच्छेद गर्ने गरेका छन् । सम्बन्धविच्छेदको अर्को कारण अन्तरजातीय विवाह र कम उमेरमा विवाह गर्नु पनि देखिएको छ । अन्तरजातीय विवाह गरेपश्चात् केही समय श्रीमान् श्रीमतीको सम्बन्ध प्रगाढ बनेपनि त्यो लामो समय नटिक्नु, केही समयपछि परिवार र समाजबाट तिरस्कृत हुँदै जानु तथा कम उमेरमा विवाह गर्नुले सम्बन्धविच्छेदका घटना बढेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्राइले बतााए ।    सम्बन्धविच्छेदपछि त्यसको असर बालबालिकामा पर्ने गरेको छ । बाबुआमा अलगअलग भएपछि ती बालबालिकाको भविष्य अन्योलमा पर्ने गरेकोसमेत श्रेस्तेदार भट्टराई बताउछन्  । कानुनमा १६ वर्षमुनिका बालबालिका भए आमाले पाल्ने र बाबुले खर्च व्यहोर्ने भनिएको छ, तर मातृवात्सल्य र अभिभावकत्वको अभाव देखिएको छ, श्रेस्तेदार भट्टराईले भने, ‘बाबुआमाको माया, ममता र साथ नपाएका बालबालिका बरालिएर हिँड्ने गर्दा भविष्यनै अन्योलमा परेका धेरै छन् ।’ अदालतमा पर्ने महिला सम्बन्धिका मुद्दामध्ये ६० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदकै हुने जनाइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending