काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा सुरुमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।
बुधबारको बहसमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनस् प्राप्तिका लागि कुनै पनि प्रक्रियामा नगएको बताएका छन् । लामिछानेले भने नागरकिता ऐनको दफा १०९१० बमोजिमको आफ्नो अवस्था भए पनि नियमावलीको नियम ११ मा कायम नरहेको नागरिकताको बारेमा कुनै पनि कार्यविधि उल्लेख नगरिएकाले तसर्थ स्वतस् पुनः कायम हुने दलिल पेस गरेका थिए । उनले दफा १० ९१० को अवस्थामा कसैले निर्णय गर्नुपर्ने, जारी गर्नु पर्ने स्वीकृति गर्नु पर्ने जस्ता अवस्था लागू नहुने र अमेरिकी नागरिकता त्याग गरेपश्चात ऐनको दफा ११ अनुसार पुनस् नेपाली नागरिकता कायम हुन आएको बताएका थिए ।
बुधबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले लामिछानेले दफा ११ को प्रक्रिया स्वीकार गरेको तर पूरा नगरेको दलिल पेस गरे । नियम ११ मा नै दफा ११ उल्लेख भएको हुँदा दफा ११ स्वीकार गर्नेले नियम ११ लाई अस्वीकार गर्न नमिल्ने उनीहरूको तर्क थियो । उनीहरूले भनेका थिए, 'नियम ११ लाई दफा ११ बाट कानुन छल्न मिल्दैन । प्रक्रियामा जाँदै नगई वा प्रक्रियामा जाँदा अवरोध सिर्जना भएको स्थापित नगरी आत्मगत रुपमा कार्यविधिलाई दोष दिन मिल्दैन । १०९१० को अवस्थाको व्यक्तिको नागरिकता पुनःप्राप्तिसम्बन्धी कार्यविधि नै छैन भने कायम नभएको नागरिकता न त स्वतः कायम हुन सक्छ, न त कायम गराउन नै सकिन्छ ।'
अमेरिकाको नागरिकता परित्याग गरेपश्चात नेपालमा बसोबास गर्न भिसा लिन नपर्ने भएको हुँदा भिसा नलिई बसोबास गरेको लामिछानेको तर्क थियो । तर रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ताहरूले रवि लामिछानेले जे गरे पनि आफूलाई कानुन लाग्दैन भन्ने व्यवहार देखाएको बताए । उनीहरूले बहसका क्रममा भने, 'अध्यागमन ऐन, २०४९ को दफा २ (ख)अन्तर्गन तत्काल नेपाली नागरिक नभएको व्यक्तिलाई विदेशी सम्झनु पर्छ भनी व्यवस्था भएको हुँदा निज रवि लामिछानेले नेपालको नगारिकता पुनःप्राप्त नगरेको अवस्थामा पनि आफूले भिसा लिन नपर्ने दलिल गर्नु भनेको आफूले जे गरे पनि हुन्छ आफूलाई कानुन लाग्दैन भन्ने नै हो । निजलाई कानुनको दायरामा ल्याउन नसक्नु राज्यको पनि लाचारीपन हो । यस किसिमको दण्डहीनता सभ्य समाज र कानुनको शासन भएको मुलुकमा कल्पना पनि हुन सक्दैन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १०:४३
रुकुमपूर्व। रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राखेको छन् । भूमे गाउँपाल...
फाल्गुन २२ गते, २०८२ - १०:३६
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह उम्मेदवार रहेको सर्लाही–४ मा मतगणना सुर...
फाल्गुन २२ गते, २०८२ - ०८:४७
काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्। मतगणनाको पछिल्ल...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम राखेका छन्। ...
फाल्गुन २२ गते, २०८२ - ०७:५८
भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो ...
फाल्गुन २२ गते, २०८२ - ०७:५२
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सुरु भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले अग्रता बनाएका छन्। प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - ०७:४६
कञ्चनपुर। कञ्चनपुरमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
फाल्गुन २१ गते, २०८२ - १७:२८
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकक...
फाल्गुन २१ गते, २०८२ - १७:२३
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाए...
फाल्गुन २१ गते, २०८२ - १७:१५
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेर अघि पुन: सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका ...



प्रतिकृया लेख्नुहोस्: