मकवानपुर । वाग्मती प्रदेशमा ११ वटा मन्त्रालय राखिने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालयको संख्या घटाउनका लागि तयार पारेको कार्यदलले दिएको सुझावका आधारमा प्रदेशमा बढीमा ११ वटा मन्त्रालय कायम गरिने भएको हो ।
मन्त्रालयको संख्या घटाउन प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले मंगलबार १५ दिनको समय सीमा सकिन अगाडि नै मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशमा अधिकतम ११ र न्यूनतम ९ वटा मन्त्रालय कायम गर्न सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदन बुझेसँगै मुख्यमन्त्रीले सत्तारुढ गठबन्धन दलमा मन्त्रालयको संख्या हालको तुलनामा ३ वटा घटाउने र राज्यमन्त्री नियुक्त नगर्ने सहमति भइसकेको बताए ।
कार्यदल संयोजक निरौलाका अनुसार प्रदेश साविकको मन्त्रालयलाई एकापसमा समायोजन गरी ११ वटा कायम गर्ने सुझाव दिइएको छ । अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ, श्रम, रोजगार तथा यातायात, वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, समाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...
पौष ४ गते, २०८२ - १४:३०
ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...
पौष ४ गते, २०८२ - १४:१८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...
पौष ४ गते, २०८२ - १३:५५
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...
पौष ४ गते, २०८२ - १३:४८
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...
पौष ४ गते, २०८२ - १३:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...
पौष ४ गते, २०८२ - १३:३०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...
पौष ४ गते, २०८२ - १३:२२
पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...
पौष ४ गते, २०८२ - १३:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...




प्रतिकृया लेख्नुहोस्: