मोरङ । परिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किनुभएका उहाँले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै उपयोगमा ल्याउन सदाका लागि वैदेशिक रोजगारी त्यग्ने सोच बनाउनुभयो ।
वैदेशिक रोजगारीमा सङ्गालेको अनुभवलाई समेटेर निरौलाले रु ५० लाखको लगानीमा उर्लाबारी–५ स्थित सिर्जना चोकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गर्नुभयो । विदेशमा कमाएको सबै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उहाँले लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरे पनि निरन्तर उद्योग सञ्चालनमा लागिरहँदा आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रूपमा स्थापित भइएको बताउनुभयो ।
उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भयो । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको बताउँदै निरौलाले यस उद्योगबाट बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भइरहेका छन् भन्नुभयो । हाल बजारमा डुनोट, ब्रेड र केकको बढी माग हुन्छ ।
उहाँले भन्नुभयो –“मेरो उद्योगमा दैनिक १० जनाले निरन्तर काम गरिरहेका छन् तर बजारको माग धान्न मुस्किल छ ।” नोभा बेकरीका उत्पादन पूर्वी मोरङका मुख्य सहर उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो माग भएपछि आधिकारिक बिक्री काउन्टर खोल्ने सोचमा पुग्नुभएका निरौलाले भन्नुभयो, “हालसम्म उद्योगबाटै उत्पादित वस्तुलाई बजारसम्म लाने गरिएको थियो अब उर्लाबारी चोकको पश्चिमतर्फ रोड हाउस क्याफेसँगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यवसायलाई विस्तार गर्ने सोचमा छु ।”
उद्योग सञ्चालनमा आएको सात वर्ष नबित्दै नोभाका उत्पादनको व्यापार फस्टाउँदै गएको छ । उहाँसँगै परिवारका सदस्य र कामदारलाई बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैँ हतारो हुने गरेको उक्त व्यापारलाई नजिकबाट नियाल्नेहरुले बताए । गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाइँ बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराईले उल्लेख गर्नुभयो ।
चाडपर्वमा बढी उत्पादन र बिक्री हुने चर्चा गर्दै निरौलाले भन्नुभयो, “होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौंँ ।”आफूले नोभाकै बिस्कुट र पाउरोटीहरु बिक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेसनमा रहेको श्रेष्ठ होटलका सञ्चालक राम श्रेष्ठको भनाइ थियो । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनुभएका निरौलाले होटल, पार्टी प्यालेस र व्यक्तिगत माग पनि धान्दै आउनुभएको छ ।
“स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सपरिवार लागिपरेका छौँ” उहाँले भन्नुभयो, “बजारमा हाम्रो उत्पादन नयाँ नै हो, हामी सिकिरहेका छौँ, फड्को मारेको त नभनौँ तर सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारको हाराहारीम बचत हुने गरेको छ, हाम्रो तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप हासिल गर्न हामी बढी केन्द्रीत छौ, हाम्रो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु हो ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: