Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

दीर्घरोगीलाई काठेखोला गाउँपालिकाले मासिक पाँच हजार दिने

खबरडबली संवाददाता

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो । 

गाउँपालिकाभित्रका दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरुको जीवन निर्वाहमा टेवा पु¥याउनका लागि हरेक महिना रु पाँच हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । अध्यक्ष थापा भन्छन्, “गाउँपालिकामा जो नागरिक दीर्घरोगी छन्, पहिचान गरेर उहाँहरुको जीवन निर्वाहमा सानो भए पनि राहत पुगोस् भन्ने हिसाबले हामीहरुले यो कार्यक्रम सञ्चालन गर्न थालेका हौँ, जसलाई पनि यो समस्या पर्न सक्छ, हामीहरुले उहाँहरुलाई स्थानीय सरकारले थोरै भए पनि आभास गराउनु छ, दुःख सुखमा साथ दिनु छ ।”

गाउँसभाले समपूरक कोषको रु एक करोड ४० लाख र सञ्चित कोषको रु दुई करोड पाँच लाख गरी कूल रु तीन करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको अध्यक्ष थापाले बताए । गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ ।

गाउँसभाले आर्थिक वर्ष २०७९÷८० को संशोधित बजेट पारित गरेको छ । गत असारमा सम्पन्न गाउँसभामा सङ्घीय सरकारबाट प्राप्त हुने रु ४८ करोड ४४ लाख ४५ हजार, प्रदेश सरकारबाट रु दुई करोड ९१ लाख ७८ हजार, आन्तरिक स्रोतको रु ४० लाख, मालमोततर्फ रु पाँच लाख र सञ्चितकोषमा रु तीन करोड १० लाख गरी कूल रु ५४ करोड ९१ लाख २३ हजारको बजेट पारित गरेको थियो । अहिले राष्ट्रपति शैक्षिक सुधार र अर्थिङ लगायतको बजेट थपिएर आएकाले गाउँपालिकाको कूल बजेट रु ५७ करोड ८७ लाख ४० हजार दुई सय ४३ पुगेको गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले जानकारी दिए।

गाउँपालिकाको चालू बजेट रु ३३ करोड ६५ लाख १७ हजार दुई सय ४३ र पूँजीगततर्फ रु २४ करोड २२ लाख २३ हजार रहेको उहाँको भनाइ छ । चालू बजेटको ४५ दशमलव ९५ प्रतिशत र पूँजीगततर्फ छ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च भएको र आर्थिक वर्षको पहिलो छ महिनामा गाउँपालिकले आर्थिक विकासतर्फ १३ दशमलव ४३ प्रतिशत, सामाजिक विकासतर्फ पाँच दशमलव ३३ प्रतिशत, पूर्वाधार विकासतर्फ पाँच दशमलव ७२ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा छ दशमलव ८७ प्रतिशत र कार्यालय सञ्चालनमा १३ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको उपाध्यक्ष थापा बताउन्छन्।

गाउँपालिकाले छ महिनाको अवधिमा कूल ४५ शीर्षकबाट रु २९ लाख ९३ हजार एक सय २३ कर सङ्कलन गरेको गाउँपालिकाका प्रवक्ता टिमनसङ्गम विकले जानकारी दिए । नागरिकलाई प्राकृतिक प्रकोपका रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसँगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने परियोजना सञ्चालन थालिएको उनले बताए ।

गाउँपालिकाले यस आर्थिक वर्षमा ११ विधेयक तयार गरिएको समेत जनाएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१ दशमलव शून्य नौ प्रतिशत, उद्यम विकासको १५ दशमलव पाँच प्रतिशत, सहकारीको १२ दशमलव पाँच प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७ दशमलव शून्य नौ प्रतिशत, स्वास्थ्यमा ४१ दशमलव पाँच प्रतिशत, महिला, बालबालिका, ज्येष्ठ नागरिकमा ७४ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकामा कूल तीन सय ३९ योजनामध्ये जम्मा एक सय ५४ योजना सम्झौता भएको र सम्झौता भएकामध्ये २१ योजना मात्रै निर्माण सम्पन्न भएको विक बताउन्छन् । गाउँसभाले बजेट संशोधन विधेयकसहित विभिन्न १२ विधेयक र ऐन पारित गरेको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार प्रधानमन्त्रीका सल्लाहकारलाई कसले दियो ?

काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र अधिकारबारे प्रश्न उठाउँदै संवैधानिक अङ्गका प्रमुख तथा न्यायाधीशलाई बोलाएर निर्देशन दिन...

पूर्वमन्त्री विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौँ। पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्...

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending