हवाई सेवा सुधारबारे अन्तरक्रिया: ‘जहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
माघ ८ गते, २०७९ आइतवार 22nd January, 2023 Sun१९:२५:५८ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस हुन्छन् । कतिपय दुर्घटनामा विमानको इन्जिनको कमोजारीलाई पनि औँल्याइन्छ । यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको कलसाइन नाइन–एएनसी ९एटीआर–७२–२१२० विमान दुर्घटनमा चालक दलका सदस्यसहित ७२ मध्ये ७१ जनाको निधन भयो भने एक जनाको शव पहिचानको चरणमा छ ।
उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १८ मिटर पर सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटीआर विमान दुर्घटनामा परेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको हवाई क्षेत्रप्रति चासो हुनु स्वभाविक हो । बुद्ध एयरका प्राविधिक निर्देशक मङ्गेश थापाले विमान दर्ताको हिसाबले पुरानो हुने तर थोत्रा नहुने बताउन्छन् । “दुर्घटना विमानको ‘आयु’ सँग सिमित हुँदैन, सधैँ विमानलाई पुरानो भनेर दाँजिनु पनि हुँदैन, विमानको विभिन्न तहमा समयसमयमा पाटपूर्जा फेर्नुपर्छ, ‘नियमित मर्मतसंहार गरेर उडानयोग्य’ अवस्थामा राख्नुपर्छ, समय पुगेपछि इन्जिन र साइकल फेरिन्छ”, उनले भने ।
विमान ‘निश्चित सयमा’ मा ‘पार्टपूर्जाहरू’ फेरेर मर्मत गरी उडान योग्य अवस्थामा राखिने गरेको छ । निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ । विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ । ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ । विमानमा एक ‘टेकअफ’ मा एक साइकल हुन्छ । विज्ञहरूका भनाइमा एटीआर जहाजको ७० हजार साइकल पूरा भएपछि उडाउन नपाइने नियम छ । त्यो जहाजको इन्जिन राम्रो भए पनि सञ्चालन गर्न पाइँदैन ।
मानवीय क्षतिका हिसाबले नेपालमा आन्तरिकतर्फ हालसम्मकै ठूलो विमान दुर्घटना भएकाले मुलुकको समग्र हवाई क्षेत्र मात्रै हैन कोभिड–१९ महामारीले तङ्ग्रिदै गरेको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्ने सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
निर्देशक थापाका अनुसार विमान दुर्घटना ‘मनवीय पक्ष’ मा धेरै आधारित हुनेगर्छ । उहाँले कुनै पनि विमान खरिद गरेर त्यसै उडानमा नलगिने, विमान सञ्चालनमा ल्याउनु अघि हवाई मापदण्ड अनुरुप मर्मतदेखि सबै खाले प्रक्रिया पूरा गरेर मात्रै व्यावसायिक उडानमा लगिने भएकाले हवाई सुरक्षा सबैको पहिलो प्राथमिकता हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विमान त्यसै ल्याएर उडाने कुरा हुँदैन । ‘कष्टोमाइज मेन्टिनेन्स्’ गरेर मात्रै उडानमा लैजान्छौँ । सञ्चालन वातावरण र ‘अप्रेशन ड्युरेसन’ का आधारमा कस्टमाइज गरिन्छ ।”
निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एटीआर विमान दुर्घटनापछि सवत्र उठेको चासो र जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले आज ‘गुणस्तरीय एवं आरामदायी उडान’ विषयक अन्तरक्रिया गरेको छ । कम्पनीले हवाई सुरक्षा गुणस्तर अभिवृद्धिमा हालसम्म गरिरहेको काम र सुरक्षा सतर्कताबारे पर्यटन र ‘एभिएसन बिट’मा कामगर्ने सञ्चारकर्मीलाई ‘एभिएसन सेफ्टी’ र उडान सञ्चालनबारे अभिमुखीकरण गराएको हो । कम्पनीको प्राविधिक विभाग, उडान सञ्चालन विभाग, तालिम विभाग, सुरक्षा विभागलगायत विभिन्न विभागका प्रमुख एवं विज्ञहरूले आधारभूत हवाई सुरक्षा र उडान सञ्चालनबारे प्रस्तुति गर्नुभएको थियो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले एटीआर जहाज दुर्घटनापछि विगत केही दिनयता लगातार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपालका सबै हवाई सेवा प्रदायक असुरक्षित भन्ने सम्प्रेषणले कम्पनीलाई चिन्तित तुल्याएको बताउनुभयो । उहाँले हवाई सुरक्षा प्रणालीमा कम्पनीले कसरी काम गरेको छ भनेर आधारभूत जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सुनाउनुभयो ।
सन् २०११ को दुर्घटनापछि कम्पनीको इञ्जिनीयर, अप्रेशन, ग्राउण्ड ह्याण्डलिङ, जनशक्ति, वित्त तथा बजार व्यवस्थापनजस्ता हरेक विभागलाई चुस्त र प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । प्रबन्ध निर्देशक बस्नेतले कम्पनीमा आबद्ध एक हजार पाँच सय कर्मचारीलाई नियमित तालिम दिएर र भौतिक पूर्वाधार जगेडा पाटपूर्जा एवं ‘टुल्स’ मा अर्बौ खर्चेर गुणस्तरीय वायुसेवाको रुपमा स्थापित गर्न सफल भएको दाबी गर्नुभयो ।
बुद्ध एयरकै उडान सञ्चालन निर्देशक सुवर्ण खरेलले विमान उडानका विभिन्न प्रणालीबारे जानकारी गराउनुभएको थियो । कम्पनीसँग करिब एक सय ५० विमान चालक ९पाइलट० रहेका छन् । तीन एटीआर–४२ र ११ एटीआर–७२ सिरिजका गरी कूल १४ विमानमार्फत सेवा सञ्चालन गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय प्रचलन, हवाई मापदण्ड, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० र नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को मापदण्ड अनुरुप सुरक्षा गुणस्तर व्यवस्थापनमा कम्पनी लागिपरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभयो ।
दुर्घटना लगत्तै सरकारले छानविन समिति बनाउने र समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वनय हुन सकेको छैन । दुर्घटनाको क्रम रोकिनुभन्दा बढिरहेको छ । क्यानका अनुसार हालसम्म मुलुकमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक सय पाँच विमान दुर्घटना भएका छन् । यी दुर्घटनामा नौ सयभन्दा बढी मानवीय क्षति भएको छ ।
बुद्धले बेच्यो दुई बिचक्राफ्ट विमान
बुद्ध एयरले पहिलो व्यावसायिक उडान सुरु गरेको बिचक्राफ्ट ‘बी १९०० डी’ विमान बिक्री गरिएको जनाएको छ । उडान सुरु गरेको २५ वर्षपछि कम्पनीले दुई थान जहाज क्यानेडियन कम्पनीलाई उक्त जहाज बिक्री गरिएको जनाएको हो ।
एटीआरबाटै सबै गन्तव्यमा उडान गर्दा सजिलो हुने भएकाले बुद्धले बिचक्राफ्ट बिक्री गरेको कम्पनीले उल्लेख गरेको छ । पुरानो जहाज भए पनि मर्मतपछि जहाजले काम गर्ने हुँदा उक्त कम्पनीले खरिद गरेको बुद्धले बताएको छ । कम्पनीले १८ सिट क्षमताका यी जहाज २५ वर्षसम्म नियमित उडान गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ।
...
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधा...
प्रतिकृया लेख्नुहोस्: