Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ ! कानुनमा के छ ?

खबरडबली संवाददाता
काठमाडौँ । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अनुसन्धानपछि ती महिलाले ‘राइड सेयरिङ’ एपमार्फत् गन्तव्यतर्फ जाँदै गर्दा दुर्घटना भएको अनुसन्धानबाट खुलेको थियो । सुरुमा राइड सेयरिङ एपमार्फत् ‘रिक्वेस्ट’ पठाएको तर रद्द गरी ‘अफलाइन’मा यात्रा गरेकाले सम्बन्धित कम्पनीबाट प्राप्त हुने बीमाबाट उहाँको परिवार वञ्चित भयो ।
 
त्यति मात्रै होइन, गत जेठ २६ मा जडीबुटीमै मोटरसाइकल र ट्याक्सी एकापसमा जुध्दा मोटरसाइकलमा सवार मेनुका गुरुङ घाइते हुनुभयो । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भए । कुनै एक राइड सेयरिङ एपमार्फत् यात्रा गरिरहनुभएकी गुरुङले उजुरी गर्न पाउनुभएन । किन भने उक्त कम्पनीको नेपालमा न त कम्पनी नै थियो, न त कुनै जिम्मेवार व्यक्त नै थिए ।
 
त्यसो त एप प्रयोग नगरी राइड सेयरिङ एपका नाममा ‘अफलाइन’ यात्रा गर्ने यात्रु मात्रै होइन, चालक स्वयं पनि पीडित बनेका उदाहरण कैयन् छन् । गत वर्ष माघ ९ गते राति सामाखुसीबाट कोटेश्वरसम्म अनलाइन यात्रा गरेका उनी त्यसपछि धापाखेल पुगेपछि लुटिए । कोटेश्वरसम्म अनलाइनमार्फत् सेवा दिएका चालक प्रवीण  राईले त्यसपछि धापाखेलसम्म अफलाइन यात्रा गर्दा यात्रुबाट मोटरसाइकल र रु आठ हजार लुटिनु मात्रै भएन मध्यरातमा मुखमा टेप र हातखुट्टा डोरीले बाँधिएको अवस्थामा केही घण्टासम्म बस्नुप¥यो । अर्को दिन सुमन तामाङ र मीनराज राईले मोटरसाइकल बिक्री गर्दैगर्दा चन्द्रागिरिबाट उनीहरु समातिएका थिए तर चालक प्रवीणले भने कुनै क्षतिपूर्ति पाउनुभएन । कारण थियो, ‘अफलाइन राइडिङ’ ।
 
राइड सेयरिङमा अफलाइन यात्रा गर्दा अप्रत्यासित रुपमा घटेका यी केही प्रतिनिधि घटना मात्रै हुन् । यात्रुलाई सहज यातायातको सुविधा दिने उद्देश्यले सुरु भएको राइड सेयरिङको सुविधालाई दुरुपयोग गर्नेको सङ्ख्या बढ्दा यसले आपराधिक क्रियाकलाप बढाउने जोखिम पनि बढेको छ । थोरै भए पनि बढी पैसा कमाउने वा बचाउने लोभमा अफलाइन यात्रा गर्ने यात्रु र चालक दुवैले त्यसबाट हुनसक्ने सम्भावित जोखिमलाई भने ख्याल नगरेको पाइएको छ ।
 
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अफलाइन राइडिङ गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको बताए। “अफलाइन राइडिङका कारण हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप रोक्नु हाम्रो कर्तव्य हो”, उनले भने, “अफलाइन राइडिङ गरेको पाइएमा चालकलाई सम्झाउने र यसबारे जानकारी दिँदै सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ ।”
 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले अफलाइन यात्रा गर्दा बढी असुरक्षित हुने हुँदा अनलाइनमै यात्रा गर्न सुझाव दिनुहुन्छ । “पहिलो कुरा त यात्रु र चालक आफैँ सचेत हुनुपर्छ, त्यसबाहेक सम्बन्धित कम्पनीले पनि चालक र यात्रु दुवैलाई जागरुग बनाउनुपर्छ”, उनले भने, “प्रहरीले पनि समुदाय तथा विद्यालयस्तरमा हुने सचेतनामूलक कार्यक्रममार्फत पनि जानकारी गराउँदै आएको छ ।” 
 
उहाँका अनुसार केही समयअघि मात्रै प्रहरीले एक सय २५ भन्दा बढी राइड सेयरिङ चालकलाई विशेष कक्षासमेत सञ्चालन गरेको थियो । जसमा उनीहरुलाई अफलाइन राइडिङ नगर्न तथा कानूनको पालना गर्नका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले बताए । “अफलाइन राइडिङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ, त्यसैले अफलाइन राइडिङ नगर्न र नगराउन आग्रह गरेका छौँ, यसबाट जोखिम न्यूनीकरण हुने हाम्रो अपेक्षा छ”, उनले भने। 
 
हाल उपत्यकामा विभिन्न कम्पनीमा आबद्ध करिब डेढ लाख राइडले दैनिकजसो सेवा दिइरहेका छन् । जसमध्ये राइडरले अफलाइन सेवा बढी दिने गरेको पाइन्छ । पठाओ नेपालसँग मात्रै दुई पाङ्ग्रेमा एक लाख ५० हजार र चार पाङ्ग्रेको हकमा करिब सात हजार राइडर दर्ता भएका छन् भने हालसम्म ३५ लाख यात्रु आबद्ध भएका छन् ।
 
यात्रा सुरक्षित होस् भन्ने उद्देश्यले आफूहरु सधैँभरि चालक र यात्रुलाई सचेत बनाउँदै आए पनि अझै पनि अफलाइनमा चल्ने चालक र यात्रुको कमी नआएको पठाओ नेपाल प्रालिका प्रवक्ता शशांक शमशेर थापाको भनाइ छ । उनले नेपाल प्रहरीले अफलाइन यात्रालाई निरुत्साहित गर्दै कारबाही अघि बढाएको विषय स्वागतयोग्य भएको बताए । “यात्रुलाई अफलाइन जानुपर्ने कुनै बाध्यता नै हुँदैन र पनि अफलाइन गएको भेटेका छौँ”, उनले भने, “अफलाइन जानु भनेको यात्रा असुरक्षित बनाउनु हो भन्ने भुल्नु हुँदैन ।”
 
पछिल्लो समय विमानस्थल, माइक्रोस्ट्याण्ड, बसपार्क, व्यस्त चोक तथा गल्लीमा अफलाइन यात्रा गर्ने चालक यात्रुसँग मोलमोलाइ गरिरहेको भेट्न सकिन्छ । सीमित कमिसन जोगाउने दाउका साथै थोरै भए पनि अतिरिक्त शुल्क पाउँछु कि भन्ने लोभमा राइडर ग्राहकसँग मोलमोलाइ गरिरहेको दृश्य अचेल सामान्य भइसकेको छ । यात्रुहरु पनि मोबाइलको डाटा खर्चेर अनलाइनका लागि ‘रिक्वेस्ट’ पठाउन र थोरै समय कुर्नुपर्ने सजिलो विधि अपनाउन छाडेर महँगो शुल्क तिरेर असुरक्षित यात्रा गरिरहेको देख्न सकिन्छ ।
 
अफलाइन यात्रा कतिसम्म असुरक्षित छ भने बढी शुल्क लिनेदेखि यौन दुव्र्यवहारसम्मका घटनामा यात्रुलाई उजुरी गर्न पनि निकै गाह्रो हुन्छ भने दुर्घटना भइहाल्यो भने क्षतिपूर्तिबापत बीमाको सुविधाबाट पनि यात्रु वञ्चित भइन्छ ।
 
“पठाओको हकमा हामीले यात्रुले यात्रा सुरु गरेदेखि यात्रा नटुङ्गिँदासम्म ‘लाइभ ट्रयाकिङ’ गरिरहेका हुन्छौँ, दुर्घटना भइहाल्यो भने क्युआरटी ९क्विक रेस्पोन्स टिम० परिचालन गर्छौं र सेवा उपलब्ध गराउँछौँ”, थापाले भने, “अफलाइनमा भए त्यो सुविधा कम्पनीले उपलब्ध गराउन सक्दैन, कम्पनीलाई त्यसबारे जानकारी नै हुँदैन ।”
 
उनले सकेसम्म अनलाइन यात्रा गर्नका लागि चालक र यात्रु दुवैलाई समय–समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । “अफलाइनमा यात्रा गर्दा राज्यको राजस्व गुम्छ भने यात्रु र चालक दुवैको ज्यान जोखिममा पर्न सक्छ”, उनले भने, “अफलाइनमा ट्रयाकिङ गर्न पनि नसकिने भएकाले सबैलाई अनलाइन नै यात्रा गर्न आग्रह गर्छु ।”  
 
पठाओ नेपालले त्यसरी अफलाइन गएको भेटिए चालकलाई कारबाही गर्दै आएको थापाले जानकारी दिनुभयो । “यदि घटना सामान्य छ भने पहिलो र दोस्रो पटकलाई चेतावनी मात्रै दिन्छौँ भने तेस्रो पटकको हकमा सधैँभरिका लागि कम्पनीबाट हटाउँछौँ”, उहाँले भन्नुभयो, “तर फैजदारी घटनाको हकमा भने तुरुन्तै कारबाही गर्दै थप कानुनी उपचारका लागि समेत पीडितलाई सहयोग गर्छौं ।”
 
हाल नेपालमा पठाओ, टुटल, साहरा, इन्ड्राइभर, ट्याक्सीमाण्डु, जायर, साधनलगायतका राइड सेयरिङ एप प्रचलनमा छन् । जसमध्ये इन्ड्राइभर नेपालमा दर्ता बिना नै सञ्चालन भइरहेको छ । पठाओ र टुटललगायतका कम्पनीले बनाएको बजारको केही हिस्सा ओगट्ने उद्देश्यले यतिबेला बिना दर्ता, बिना कमिसनमा राइडर र यात्रुलाई सेवा दिइरहेको देखिन्छ । 
 
इन्ड्राइभरले केही महिनाअघि विज्ञप्ति जारी गर्दै नेपालमा पनि छिट्टै दर्ता गरी सञ्चालन गर्ने बताएको थियो । कम्पनीकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित्रा नन्दाको भने आफूहरुले यात्रुको बीमा नगराए पनि ‘कस्टमर केयर’बाट भने सेवा दिने दाबी थियो तर हालसम्म कम्पनीले नेपालमा दर्ता भने गराएको छैन ।
 
इन्ड्राइभरका नन्दाले आफूहरुले बीमाको सुविधा नदिने बताए पनि कानुनमा भने यात्रुको बीमा अनिवार्य गरिएको छ । बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त गर्ने चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिई यात्री बीमा गरी यात्री ओसारपसार गर्नसक्ने उल्लेख छ ।
 
बीमा सुरक्षा
राइड सेयरिङ एपमध्ये पठाओ नेपाल प्रालिले यात्रुको पनि बीमा गरेको छ । यात्राको अवधिमा कुनै दुर्घटना भयो भने उपचारलगायतको खर्च बीमाले पूर्ति गर्छ तर यसका लागि अनलाइनमै यात्रा गरेको हुनुपर्छ । अफलाइन यात्रा गरेको हो भने यात्रु वा चालक दुवै बीमाको सुविधाबाट वञ्चित हुन्छन् ।
 
कम्पनीका अनुसार रु एक लाखसम्म दुर्घटना बीमा छ भने दुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएमा रु १० लाखको बीमा गरिएको छ । कम्पनीका अनुसार बीमा सुरु भएपछिको हालसम्म दुई सयभन्दा बढीले दुर्घटनामा परी रु ५७ लाख बराबरको दाबी भुक्तानी लिइसकेका छन् । पठाओ नेपालबाट हालसम्म दुर्घटनामा परी मृत्यु भएका तीन जनाले त्यसबापतको बीमा सुविधा पनि प्राप्त भइसकेको कम्पनीले जानकारी दिएको छ ।
 
कानुनमा के छ ?
सरकारले हालसम्म राइड सेयरिङजस्ता स्टार्टअपलाई सञ्चालन तथा नियमनका लागि कुनै कानुन बनाएको छैन । यद्यपि बागमती प्रदेशले भने चालु आर्थिक वर्षको आर्थिक विधेयकमा भने दर्ताका लागि निश्चित रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ । जसमा दुई पाङ्ग्रे सवारी साधनको हकमा रु २५ हजार दर्ता शुल्क र नवीकरणका लागि रु १२ हजार पाँच सय तोकिएको छ । साथै चार पाङ्ग्रे सवारी साधनको हकमा रु ५० हजार दर्ता शुल्क र नवीकरणका लागि रु २५ हजार तोकिएको छ । यदि दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारी साधन सञ्चालन गर्नेका हकमा दर्ताका लागि रु ७० हजार र नवीकरणका लागि रु ३५ हजार शुल्क तोकिएको छ तर हालसम्म कार्यविधि नबनेकाले कार्यान्वयन नसकेको यातायात व्यवस्था कार्यालय बागमती प्रदेश प्रमुख मदनप्रसाद पोखरेलले बताए ।
 
राइड सेयरिङ कम्पनी ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसी भने सरकारले कानुन बनाएर यस्ता कम्पनीको दर्ता र सञ्चालनसम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिन्छन् । उनले पछिल्लो समयमा सुरक्षित यात्राका लागि भरपर्दो माध्यम बन्दै गएको राइड सेयरिङ कम्पनीलाई नियमन गरी सञ्चालन गरिनुपर्ने बताउन्छन् । उनले कुनै कम्पनी दर्ता नभई सञ्चालन हुन नदिने, स्वदेशी र विदेशी कम्पनीलाई छुट्याउन तथा अफलाइन सेवा दिनेलाई कारबाहीका लागि यो आवश्यक कानुन आवश्यक भएको बताउन्छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending