Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाइने छः मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्या समाधानका लागि छलफल भइरहेको जनाउँदै चाँडै निकास खोजिने बताएको छन् ।

सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने उल्लेख गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले आज मन्त्री श्रेष्ठलाई भेटी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखिएको समस्याले निर्माण उद्योगमा परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो ।

 महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अतिआवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुङ्गा, माटोलगायतका निर्माण सामग्री उत्खनन, ओसारपसारलगायतमा समस्या भएसँगै निर्माणकार्य ठप्प जानकारी गराए।

गृहमन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको जनाउँदै अध्यक्ष सिंहले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको बताए।

अध्यक्ष सिंहले एक वर्षको समय दिएर क्रसर उद्योगलाई वैद्य गराउन सकिने सुझाव दिए । निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेसनबापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी ‘माइलस्टोन’को व्यवस्था गर्न उनले आग्रह गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० घट्योले, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...

दार्चुलामा काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...

जनताका गुनासा सुन्न गाउँमै सांसद

हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending