नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ ।
डब्लुएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेका यी उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता प्रदान गर्न असफल भएको बताएको छ ।
कम्पनीले बनाएको ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा कम्तीमा २० बालबालिकाको मृत्यु भएको उज्बेकिस्तानका अधिकारीहरूले गत महिना बताएपछि भएको अनुसन्धानपछि बुधबार यो चेतावनी जारी गरिएको हो ।
त्यसपछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो भने उज्बेकिस्तानले ‘डक–१ म्याक्स’को आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
उज्बेकिस्तानको गुणस्तर नियन्त्रण प्रयोगशालाले सिरपको नमूनाको विश्लेषण गर्दा ‘डाइथिलीन ग्लाइकोल’ वा ‘इथिलीन ग्लाइकोल’को अस्वीकार्य मात्रा प्रदूषकहरूको रूपमा रहेको’ पाइएको डब्ल्यूएचओले जनाएको छ ।
‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छन् र यो प्राणघातक साबित हुन सक्छ ।
“यी दुवै उत्पादनहरूले यस क्षेत्रका अन्य देशहरूमा मार्केटिङ अनुमति प्राप्त गरेका हुन सक्छन् अनौपचारिक बजारमार्फत अन्य देश वा क्षेत्रमा पनि वितरण गरिएको हुन सक्ने हुँदा यसको प्रयोग नगर्न सुझाब दिइएको छ,” डब्लुएचओले भनेको छ ।
“ती उत्पादनहरू ‘असुरक्षित पाइएको छ र विशेष गरी बालबालिकाहरूमा यसको प्रयोगले उनीहरूको स्वास्थ्यमा गम्भीर आघात वा मृत्यु हुन सक्छ,” विज्ञप्तिमा भनिएको छ ।
मेरियन बायोटेकका अधिकारीहरूसँग यसबारे प्रतिक्रियाका लागि एएफपीले प्रयास गरेको तर तत्काल सम्पर्क हुन सकेन ।
गत अक्टोबरमा डब्लुएचओले गाम्बियामा बालबालिकाको मृत्युको घटनासँग अर्को फर्मको औषधिलाई जोडेपछि नियामकहरूको अनुसन्धानको सामना गर्ने यो दोस्रो भारतीय औषधि निर्माता कम्पनी हो ।
मेडन फर्मास्युटिकल्सले विषाक्त खोकी र रुघाखोकीको औषधि उत्पादन गरेको आरोप लागेको थियो जसका कारण अफ्रिकी देशमा कम्तीमा ६६ जना बालबालिकाको मृत्यु भएको थियो । औषधि सेवन गरेका पाँच महिनादेखि चार वर्षसम्मका ती बालबालिकाको मृगौला फेल भएर मृत्यु भएको हो ।
भारतले मेडेन फर्मास्युटिकल्समाथि अनुसन्धान सुरु गरेको तर अनुसन्धानले औषधिहरू ‘गुणस्तरीय’ भएको बताएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: