Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

क्यानडाद्वारा राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध घोषणा

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो । 

सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसङ्ख्यक मारिएका थिए । 

पश्चिमा देशले श्रीलङ्को सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन । राजपाक्ष परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो मुलुक बनेको छ । “अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले आज निर्णायक कदम चालेको छ,” विदेशमन्त्री मेलानी जोलीले मङ्गलबार जारी विज्ञप्तिमा भन्नुभएको छ । 

दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए । सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए । देशमा व्याप्त चरम आर्थिक सङ्कटबाट क्रुद्ध भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीना गरेर पलायन भएका उनी सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन् । 

यसैबीच, श्रीलङ्काको विदेश मन्त्रालयले बुधबार क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending