Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

पुर्व जनसेनाका कमाण्डर तथा विप्लव माओवादीका केन्द्रिय सदस्य दिपक चलाउने गिरफ्तार

\"dipak_purna\"काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनस्वयंमसेवक संघका केन्द्रिय संयोजक उदय बहादुर चलाउने ‘दीपक’ लाई विहिबार साँझ बालाजुबाट प्रहरीले पक्राउ गरेको छ । साथमै रहेका जनस्वयंमसेवक उपत्यकाका संयोजक पुर्णबहादुर रसाइलिलाई समेत गिरफ्तार गरेको नेकपा माओवादीले जनाएको छ । जनमुक्ति सेनाको समायोजन अघि नै बिद्रोह गरेर निस्केका चलाउने विप्लवका मुख्य सहयोगी मानिन्छन् । नेकपा माओवादीको युवा फाँटको जिम्मेवारी सम्हालिरहेका चलाउने पुर्व जनसेनाको  सह डिभिजन कमाण्डर हुन् । तात्कालिन माओवादीको अन्तरसघर्षमा सुरुवातबाटै विप्लवका पक्षमा लागेका चलाउने खरो तथा लडाकु छविका मानिन्छन् । विहिबार साँझ बाटोमा हिडिरहेका द्धयलाई बालाजु प्रहरीले गिरफ्तार गरेको नेकपा माओवादीका पार्टी प्रबत्ता तथा नेता खड्ग बहादुर विश्वकर्माले बताए । विश्वकर्माका अनुसार नेता चलाउनेलाई बैेदेशिक रोजगार विभागका निर्देशक भरत सुवेदीमाथि कालोमोसो लगाइएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । उनले भने ‘भरत सुवेदी देशकै भ्रष्ट मानिस हुन् । उनलाई कालोमोसो गर्नु र कारवाही गर्नु सामान्य हो । हामी हाम्रा युवा नेताहरुलाई तत्काल रिहा नगरे कडा सघर्षमा जान्छौ । ’ उनका अनुसार आजै साँझ ५ बजे गिरफ्तारीको विरुद्ध बिरोध प्रदर्शन गरिनेछ । आज रिहा नगरे भोलीबाट कडा सघर्षमा जाने समेत उनले बताए । पछिल्लो चरण विप्वल माओवादीले विभिन्न सरकारी कर्मचारीमाथि कारवाही गर्दै आइरहेको छ । पछिल्लो कारवाही बैदेशिक रोजगार विभागका निर्देशक भरत सुवेदीमाथी कालोमोसो दलेर गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending