काठमाडौँ। विद्युतीय माध्यमको कारोबारलाई सरकारी प्रोत्साहन र सर्वसाधारणको आकर्षणका कारण बजारमा नोटको चलनचल्ती घट्दै गएको छ । विद्युतीय भुक्तानी उपकरण प्रयोगकर्ताको संख्या र कारोबार बढ्दै गएको देखिएको छ ।
यसले बजारमा प्रचलनमा रहेका नोट कमी हुँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार २०७९ मङ्सिर मसान्तसम्ममा बजारमा ६ खर्ब १६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा छन् । २०७८ मङ्सिरमा ६ खर्ब ५४ अर्बको नोट चलनचल्तीमा रहेकोमा १ वर्षमा ३८ अर्ब रुपैयाँले कमी आएको देखिएको छ ।
राष्ट्र बैंकको तथ्यांकलाई विश्लेषण गर्दा आर्थिक वर्ष २०७८-७९ को शुरूका ५ महीनामा प्रतिमहीना औसत ६ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको नोट प्रचलनमा रहेकोमा चालू आव २०७९र८० को मङ्सिरसम्ममा प्रतिमहीना औसत नोटको प्रचलन ६ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । २०७९ कात्तिकको तुलनामा पनि मङ्सिरमा चलनचल्तीमा रहेको नोट १५ अर्ब रुपैयाँले घटेको छ । कात्तिक मसान्तमा बजारमा ६ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा थियो ।
राष्ट्र बैंकको मासिक वित्तीय विवरणअनुसार प्रत्येक महीना अघिल्लो वर्षको भन्दा चलनचल्तीमा रहेका नोटको संख्या घटेको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्वका कारण असोजमा नोटको चलनचल्ती बढेको देखिए पनि त्यसपछिका महीनामा घट्दै गएको देखिन्छ ।
राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ र खुद्रा नोट बजारमा पठाउने गरेको छ । चाडपर्वमा बढी खर्च हुने भएकाले पनि नोटको प्रचलन बढी हुने गर्छ । यस वर्ष पनि राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट सटही गरेको थियो ।
त्यसबाहेक ३५ अर्ब बजारमा नोट वृद्धि भएको थियो । कात्तिकपछि भने चलनचल्तीमा रहेका नोट बैंकिङ प्रणालीमा फिर्ता हुन थालेको छ । यस वर्ष कात्तिक र मङ्सिरमा गरी चलनचल्तीमा रहेका नोटमा ३३ अर्बले कमी आइसकेको छ । यो खबर आजको अभियान दैनिकमा प्रकाशित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: