Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

उदार अर्थव्यवस्थाका कारण कर प्रणालीमा सुधार– अर्थमन्त्री डा महत

\"Ramकाठमाडौं । अर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रका कारण आर्थिक विकासले गति लिनुका साथै कर प्रणालीमा सुधार आएको दावी गरेका छन् ।   आन्तरिक राजस्व विभागले आज ललितपुरमा आयोजना गरेको दुईदिने ‘व्यवस्थापन गोष्ठी’को शुभारम्भ गर्दै उनले राजनीतिक उतारचढाव र द्वन्द्वका कारण अर्थ व्यवस्थामा असर पारेका कारण नेपाल दक्षिण एसियाली मुलुकको हाराहारीमा पुग्न कठिन भएको उल्लेख गरे । उनले कुल गार्हस्थ उत्पादनको ४५ प्रतिशत योगदान कृषि क्षेत्रबाट हुने गरेकामा अहिले एक तिहाइ प्रतिशतले घटेको, दुइ तिहाइ प्रतिशतले गैरकृषि क्षेत्रको योगदान बढेको र ५० प्रतिशत योगदान सेवा क्षेत्रबाट भएको जानकारी दिए ।   उदार अर्थनीतिकै कारण कुल गार्हस्थ उत्पादनको अनुपात १९ प्रतिशतको हाराहारीमा पुगेको बताउँदै उनले यसबाट आन्तरिक राजस्व परिचालनमा वृद्धिका साथै समग्र करको संरचनामा सकारात्मक परिवर्तन देखापरेको उल्लेख गरे ।   विगतमा भन्सारबाट उठ्ने कर पहिलो स्थान रहने गरेकामा  अहिले पहिलो स्थानमा मूल्य अभिवृद्धि कर, दोस्रोमा आयकर र तेस्रोमा भन्सार कर पर्ने गरेको उनले जानकारी दिए ।   महालेखा नियन्त्रक राजेन्द्र नेपालले कुल गार्हस्थ उत्पादन १९ प्रतिशतभन्दा माथि जानुपर्ने जोड दिँदै यसका लागि महालेखाबाट आवश्यक सहयोग उपलब्ध गराउने वचन दिए । अर्थ सचिव सुमनकुमार शर्माले अघिल्लो आवमा खर्च वृद्धि हुनु, कर वृद्धि नहुनुजस्ता कारणले खर्च धान्न मुस्किल भएको बतए ।   विभागका महानिर्देशक चूडामणि शर्माले अघिल्लो आवको कामको मूल्याङ्कनसहित चालु आवका लागि रणनीति तयार गर्ने उद्देश्यले गोष्ठी आयोजना गरेको जानकारी दिँदै अघिल्लो आवको कामको समीक्षा, आगामी आवमा सुधार र लक्ष्य पूरा गर्ने सङ्कल्प, साधना र समन्वय गर्नुपर्नेमा जोड दिए ।   नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले करदाता र कर अधिकृतबीचको सम्बन्ध सुमधुर बनाउन, कर प्रणालीमा थ्रेसहोल्डको व्यवस्था गर्न र अनलाइनबाट कर तिर्ने व्यवस्था गर्न सुझाव दिए ।  गोष्ठीमा १० वटा कार्यपत्रमाथि छलफल हुने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending