Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

मधेस प्रदेशमा दलको नेता छान्न सकस

खबरडबली संवाददाता

जनकपुरधाम । संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरुलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । 

मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरुले बताए। मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा ९एमाले०मा आकांक्षी बढ्ेकाले दलको नेता छनोट गर्न समस्या भएको नेताहरुले जानकारी दिए । 

एमालेका नेता तथा प्रदेशसभा सदस्य राजकुमार लेखीले पार्टीभित्र तीन÷चारजना आकांक्षी भएकाले दलको नेता कसलाई बनाउनेमा सहमति हुन नसकेको बताए । उनले अबको एक÷दुई दिनभित्रै संसदीय दलको नेता छान्ने गरी पार्टीमा गृहकार्य भइरहेको बताए । 

कूल एक सय सात सदस्यीय मधेस प्रदेशसभामा २३ सिट जितेर पहिलो पार्टी बनेको एमालेमा संसदीय दलको नेता बन्न नेता लेखीसहित रामचन्द्र मण्डल, सरोज कुमार यादवलगायत आकांक्षी हुनुहुन्छ । सहमतिमा संसदीय दलको नेता छान्न सकस भएपछि नेपाली कांग्रेसले निर्वाचन प्रक्रिया थालेको छ । 


निर्वाचन प्रक्रियाबाट दलको नेता छान्न नेपाली कांग्रेसले मधेस प्रदेशका पार्टी उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु गरेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णक्ुमार यादवले जानकारी दिए । 

निर्वाचन समितिले सर्वसम्मतिबाट दलको नेता चयन पहल थालेको र सहमति नभए अन्तिममा निर्वाचन प्रक्रियाबाटै चयन गर्ने अध्यक्ष यादवको भनाइ छ । संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार, यादव, सिंह र जनार्दन क्षेत्री आकांक्षी हुनुहुन्छ । 

मधेस प्रदेशसभाका १६ सिटसहित तेस्रो ठूलो दल बनेको जनता समाजवादी पार्टी ९जसपा० लाई पनि संसदीय दलको नेता चयन गर्न सकस छ । केन्द्रीय समिकरणअनुसार मधेस प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना रहेको जसपाभित्र संसदीय दलको नेता बन्न दौडधूप बढ्ेको छ । 

“अहिलेसम्म दलको नेता चयन गर्ने प्रक्रिया सुरु भइसकेको छैन्”, जसपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भन्नुभयो, “अहिलेसम्म दलको नेता छान्ने कुनै प्रक्रिया सुरु भइसकेको छैन्, कुराकानी जारी रहेकाले हेराँै एक÷दुई दिनमा ह्ुन्छ ।” बिहीबार विजयीहरुका लागि सम्मानको कार्यक्रम रहेको र त्यसमा पनि संसदीय दलको नेता छान्ने कुरा उठ्न सक्ने उहाँको भनाइ छ ।

जसपामा संसदीय दलको नेता बन्न मधेस प्रदेशका वर्तमान मुख्यमन्त्री लालबाबु राउत, सरोजकुमार यादव, रामअशिष यादव, मनिषकुमार सुमन लगायतका नेता आकांक्षी देखिनुभएको छ ।     

नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० ले शपथपछि मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्ने भएको छ । मधेस प्रदेशसभा सचिवालयले यही पुस १५ गते अपराह्न २ बजे शपथ कार्यक्रम तय गरेको छ । 

नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ गराउने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका नेता एवं मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शपथपश्चात शनिबार वा आइतबार संसदीय दलको नेता चयन गरिने जानकारी दिनुभयो । “संसदीय दलको नेता चयनका लागि अहिलेसम्म मिति र समय तय भइसकेको छैन्”, माओवादी केन्द्रका निवर्तमान संसदीय दलका नेतासमेत रहनुभएका साहले भन्नुभयो, ‘‘शपथग्रहण सकिएपछि हामी संसदीय दलको नेता चयन गर्छौ ।” 

पार्टीभित्र संसदीय दलको नेतामा बन्न खासै कुनै विवाद वा धेरै आंकाक्षी नरहेकाले सहमतिमै दलको नेता चयन हुने उहाँको भनाइ छ । प्रदेशसभामा माओवादी केन्द्र आठ सिट जितेर छैँटौ दल बनेको छ । यस्तै प्रदेशसभामा सात सिट जितेर सातौँ दल बनेको एकीकृत समाजवादीले पनि प्रदेशसभाको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ । 

सो पार्टीका नेता तथा प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबारको शपथपश्चात पार्टी संसदीय दलको नेता तय हुने जानकारी दिए। 

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कूल एक सय सात सिट रहेको मधेस प्रदेशसभामा एमाले २३, कांग्रेस २२, जनता जसपा १६, जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ, माओवादी केन्द्र आठ र एकीकृत समाजवादी सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक÷एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।

जनमत पार्टीमा दलको नेता छान्न अध्यक्ष डा राउतलाई जिम्मा

मधेस प्रदेशसभामा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । 

सो पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरिएको थियो । मधेस प्रदेशसभामा १३ सिटसहित बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, बसन्त कुशवाहा, सतिश सिंह, महेश कुमार यादव लगायतका नेता आकांक्षी हुनुहुन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending