Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पश्चिममा बन्दको प्रभाव

\"Nepalदाङ । आ–आफ्ना मागसँगै विभिन्न पार्टी र सङ्गठनले आयोजना गरेको बन्दका कारण दाङ, रुकुम र जाजरकोटको जनजीवन प्रभावित बनेको छ । पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो ।   बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन् । तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन् । शिक्षण संस्था, उद्योगधन्दा र सरकारी कार्यालय समेत खुलेका छैनन् ।   यस्तै, रुकुमलाई टुक्र्याएर छुट्टाछुट्टै प्रदेशमा राखिएको भन्दै यहाँका नागरिकले विगत ५ दिनदेखि गर्दैआएको बन्द आज पनि जारी छ । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यस्तै, ६ नम्बर प्रदेशमा राखेको विरोधमा सल्यानवासीले पनि जिल्ला बन्द गरेका छन् ।   यसैगरी, ६ नम्बर प्रदेशको राजधानी सुर्खेत हुनुपर्ने तथा अहिलेको सीमाङ्कन खारेज गर्नुपर्ने माग गर्दै थालिएको अनिश्चितकालीन बन्द बिहिबार पनि जाजरकोटमा जारी रह्यो ।  प्रदर्शनकारीले आज जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना समेत दिएका छन् । ‘मध्यपश्चिम छाड्दैनौँ, सुदूरपश्चिम जाँदैनाँैं’ भन्ने नारा लगाउँदै उनीहरुले अहिले सदरमुकाम खलंगामा प्रदर्शन गरिरहेका छन् ।   लगातारको बन्दले खलङ्गा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ । अहिलेको सीमाङ्कन खारेज नभएसम्म आन्दोलन जारी रहने उद्योग वाणिज्य सङ्घ जाजरकोटका कोषाध्यक्ष वसन्तप्रसाद शर्माले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending