Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन

खबरडबली संवाददाता

लुम्बिनी । मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उहाँहरुको भनाइ छ ।

चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन र उद्योग व्यापार सङ्गठन मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए

कार्यक्रममा स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे । उनले भने, “भारतमा सस्तो मूल्यमा कुखुरा पाइने र खुल्ला सीमाका कारण सहजरुपमा चोरी–पैठारी हुने भएकाले सीमा वारिका व्यवसायी मर्कामा छन् ।”

त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए । उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्यसमेत यहाँ बढी नै रहेको बताए। उहाँले स्थानीयस्तरमा उत्पादित सामानको बजारीकरणमा समस्या रहेको बताए ।

कृषक अशोककुमार तिवारीले किसानलाई मल र सिँचाइको व्यवस्था नभएसम्म विकास हुन नसक्ने बताए। उनले कृषकले उत्पादन गरेर वस्तुको मूल्य कृषकले नै तोक्न पाउनुपर्ने माग राख्दै भने, “किसानको विकास नभएसम्म मुलुकको विकास हुन सक्दैन ।”

स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए । उनले उद्योग बन्द भएपछि ऋणको किस्ता र ब्याज तिर्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले भने, “अनुदान पाउनुपर्ने व्यक्तिसमक्ष पुगेको छ कि छैन अनुगमन गर्नु आवश्यक छ ।”

मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले दर्ता प्रक्रियामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्ने बताए। उनले स्थानीय सरकारले स्थानीय उत्पादन भएका सामान खरीद गर्नुपर्ने प्रस्ताव राख्नुभयो । उनले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । मर्चवार क्षेत्रमा होटल, किरानालगायत व्यवसाय बन्द भएकाले त्यसतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले किसानले समयमा मल र बीउ नपाएको बताए। उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारिबाट ल्याउँदा किसानले अनेकौँ हैरानी खेप्नुपरेको बताए । उनले भने, “स्थानीय सरकार र व्यवसायीबीच सहकार्य आवश्यक छ ।” अध्यक्ष ज्ञवालीले किसानको जीवनस्तर माथि उकास्न सके मात्र अर्थतन्त्र मजबुत हुने बताए ।

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले कृषिप्रधान क्षेत्र मर्चवारमा आउनुपर्ने मलसमेत घटिरहेको गुनासो गरे । उनले किसानले समयमै मल नपाएको बताए। उनले मर्चवार क्षेत्रमा रहेका पालिकाहरुले साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “साझा एजेन्डा बनाएर अघि बढे मर्चवार क्षेत्रको आवाज एकैपटक सम्बन्धित निकायमा पुग्छ ।” कोटहीमाई–५ का वडाअध्यक्ष सञ्जयकुमार सैनीले कृषिप्रधान देश भनिए पनि किसानको धेरै समस्या रहेको बताए। उनले कृषिका लागि आवश्यक रहेको ट्र्याक्टरको भन्सार शुल्क बढ्दा कृषक मारमा परेको गुनासो गरे।

मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताए । उनले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए । उनले भने, “निजी क्षेत्रलाई जिम्मेवारी दिए कृषकले सहज रुपमा मल पाउन सक्थे ।” उनले किसानलाई सिँचाइको व्यवस्था नहुनु दुःखद भएको बताए ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भारतबाट ल्याएर सामान बिक्री गर्नुपर्ने व्यवसायीको बाध्यता रहेको बताए । उनले भने, “मर्चवार क्षेत्रको व्यवसाय प्रवद्र्धनका लागि छुट्टै नीति बनाउनुपर्छ ।”  उनले किसानले मल समयमा नपाउँदा उत्पादनमा समेत समस्या आएको बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending