Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

ड्राइभिङ सिटमा बस्ने प्रयत्न गरेँ, मौका पाइनँ : गगन थापा

'म प्रतिको विश्वास डगमगाउन दिने छैन'

खबरडबली संवाददाता

काठमाडौं  । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश हाँक्ने गाडीको ड्राइभिङ सिटमा बस्ने प्रयत्न आफूले गरेपनि सफल हुन नसकेको बताएका छन्। 

बुधबार भएको कांग्रेस संसदीय दलको नेताको चुनावमा पराजित भएपछि एक भिडिओ सन्देशमार्फत थापाले परिणाम आफ्नो नियन्त्रणमा नभएको बताएका छन्। 

‘ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ,’ उनले भनेका छन्, ‘परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ। आज सांसदको ठाउँमा आम नेपाली मतदाताहरुले मतदान गर्न पाएको भए परिणाम बेग्लै आउँथ्यो भन्ने पनि मलाई थाहा छ।’ 

उनको भनाइ जस्ताको तस्तै 

क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिने क्रममा मैले भनेको थिएँ, म यो क्षेत्रबाट निर्वाचित भएर गएँ भने ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्छु। ड्राइभिङ सिटमा बस्छु, गाडी चलाउँछु र नयाँ गति दिन्छु। 

तपाईंहरुले त्यसका लागि मलाई निर्वाचित गराएर पठाउनुभयो। ड्राइभिङ सिटमा बस्नका निम्ति मैले प्रयत्न पनि गरेँ। प्रयत्न मेरो नियन्त्रणमा थियो त्यो कर्म मैले गरेँ, परिणाम मेरो नियन्त्रणमा थिएन त्यो मौका मैले पाइनँ।

मलाई विश्वास छ, मेरो मतदाता जसले ममाथि विश्वास राखिदिनुभएको छ। मेरो यो प्रयत्नलाई नजिकबाट नियालिदिनुभएको छ र बुझिदिनुहुनेछ। जसरी मंसिर ४ गतेको निर्वाचनमा मलाई विश्वास गर्नुभयो, यसअघिको मेरो सांसदको यात्रामा पनि निरन्तर मेरो साथमा रहनुहुनेछ। 

देशभरीका थुप्रै चिनेको नचिनेको साथीहरुले आज भएको निर्वाचनमा मेरो पक्षमा परिणाम आओस् भनेर शुभेच्छा प्रकट गर्नुभएको मलाई थाहा छ। कति म सम्म आइपुगेको छ, कति नआइपुगेका पनि होलान्। म ति सबैप्रति आभार प्रकट गर्न चाहन्छु। आज सांसदको ठाउँमा आम नेपाली मतदाताहरुले मतदान गर्न पाएको भए परिणाम बेग्लै आउँथ्यो भन्ने पनि मलाई थाहा छ। 

तर यो संसदीय पद्धति हो, यहाँ सांसदले मत हाल्छन्। संसदीय पद्धतिभित्र नेपाली कांग्रेस पार्टीमा मात्र आज दलको नेताको निम्ति निर्वाचन भयो। यो सुखद पक्ष पनि हो। 

शुभेच्छुकहरूलाई मेरो अपिल छ, म निराश भएको छैन। प्रयत्न नै प्रारम्भ हो। परिणाम आउँछ आउँछ। केही ढिलो होला तर परिवर्तन आउँछ। नेतृत्व परिवर्तन गर्न आवश्यक छ, काम गर्ने शैली बदल्न आवश्यक छ। 

परिणाम दिनुपर्छ भन्ने मैले ठानेको कुराहरुलाई तपाईंहरुले साथ दिनुभयो। यसले एउटा परिणाम त ल्याउँछ ल्याउँछ। कम्तिमा हामीले एउटा प्रयत्न त सुरु गरेका छौं। यसलाई यसैगरी बुझिदिन म आग्रह गर्दछु। नेपाली कांग्रेसका धेरै शुभेच्छुकहरुले म प्रति शुभेच्छा राख्नुभयो, म सबैलाई निराश नभइदिन आग्रह गर्छु। 

१३ औं अधिवेशन एकपटक स्मरण गर्नपर्नेछ। नेपाली कांग्रेसको महामन्त्री पदमा मैले दाबी गरिहँदा पार्टीभित्रको नेतृत्व परिवर्तनको लागि म उभिनुपर्छ। म उभिएँ। मैले ६ सयभन्दा पनि कम मत पाएँ। त्यो बेलामा पनि शुभेच्छुकहरुको ठूलो विश्वास थियो। माया थियो। तर मतदाताको विश्वास मैले जित्न सकिँन। 

मैले मिहेनत गरेँ। त्यो ६ सयभन्दा कम मत बढेर ३ हजारभन्दा बढी भयो। तिनै मतदाताको विश्वास जित्न मैले सकेँ। आजको मतदाता भनेको सांसदहरु हो। 

तपाईंहरुले शुभेच्छा राख्नुभयो, मैले ती मतदाताहरुको मन जित्न सकिँन। त्यसैले यसलाई हामीले लिने भनेको यात्रा प्रारम्भ भयो भनेर नै हो। म सबैलाई भन्न चाहन्छु, हामी निराश भएर होइन उत्साहित भएर लाग्नुपर्नेछ।

मलाई यो बेलामा विश्वास गरेर आफैं उम्मेदवार हुने सम्भावना रहँदा रहँदै मेरो प्रस्तावक रहनुभएको सांसद डा. शेखर कोइराला, मलाई विश्वास गरेर समर्थन गर्ने धनराज गुरुङ, पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र मेरो मित्र प्रदीप पौडेललाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। 

२४ जना सांसदहरु जसले मलाई विश्वास गर्नुभएको छ। ति साथिहरुलाई आभार व्यक्त गर्न चाहन्छु र म विश्वास दिलाउँछु, म प्रतिको विश्वास डगमगाउन दिने छैन। म अन्य सांसद साथिहरु जसको विश्वास जित्न सकेको छैन, उहाँहरुलाई हृदयबाट नमन गर्दै यति कुरा राख्न चाहन्छु, मैले गरेको प्रयत्नबाट परिणाम प्राप्त गर्न नसकेपनि म निरन्तर तपाईंहरुसँगै सहकार्य गर्नेछु। 

र तपाईंहरुको मन बदल्ने प्रयास निरन्तर गर्नेछु। हामी सँगै मिलेर पार्टीलाई संसदमा सफल बनाउनेछौं। साथै, संसदीय दलको नेतामा निर्वाचित हुनुभएका सभापति शेरबहादुर देउवालाई बधाई दिन चाहन्छु। जसरी सासंद साथिहरुले तपाईलाई विश्वास गर्नुभएको छ, ती विश्वासमा खरा उत्रनुहुनेछ भने विश्वास दिलाउन चाहन्छु। 

एउटा सांसद, पार्टीको कार्यकर्ता र सहयात्रीको रुपमा साथ रहिरहनेछ। फेरि एकपटक मलाई संसदीय दलको नेतामा उम्मेदवार हुन योग्य बनाइदिने सम्पूर्ण मतदातालाई नमन गर्दै भोलिबाट सांसदको नयाँ यात्रा प्रारम्भ हुनेछ। धन्यवाद।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending