Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सुरु

खबरडबली संवाददाता

डोल्पा । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि  विस्तृत अध्ययन सुरु गरिएको छ । 

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेड र उद्धय जेभीको बीचमा बिहीबार प्रसारण लाइन निर्माण गर्न अध्ययन गर्ने सम्झौता भएको छ ।

डोल्पाको इलबाट उत्पादन भएको विद्युत् रुकुमपश्चिमको बाफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोड्नका लागि अध्ययन गर्न लागिएको हो । 

उद्धय जेभीसँग भएको उक्त सम्झौता भएसँगै अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए।  

जगदुल्लाबाट एक सय छ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ । अघिल्लो वर्षमात्र विद्युत् खरिद, बिक्रीको काम आयोजनाले प्राधिकरणसँग गरिसकेको थियो । 

अर्ध जलाशययुक्त रहेको जगदुल्ला जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उद्देश्य रहेको प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । 

आयोजनाले अहिलेसम्म आयोजनास्थलको मुआब्जा दिइसकेको छ । संरचना निर्माणका लागि काम चलिरहेको छ । त्यस्तै जगदुल्ला जलविद्युत् आयोजना ८२.३ मेगावाटको वातावरणीय प्रभाव अध्ययन गर्न बिहीबार नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ ।

यो जगदुल्ला जलविद्युत् आयोजनाले बनाउन लागेको अर्को आयोजना रहेको छ । आयोजना निर्माणस्थलमा जान र आउनका लागि तीन जिल्लाको सङ्गमस्थल भेरी करिडोरको त्रिवेणीस्थित भेरी नदीमाथि पुल निर्माण सुरु गरिएको छ । 

त्यस्तै सडक निर्माणलाई समेत तीव्रता दिइएको छ । त्रिवेणीबाट विद्युत् उत्पादनगृह रहेको इलसम्म जान र आउनका लागि सडक निर्माणसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए । 

आयोजना निर्माणलाई सघाउ पु¥याउनका लागि भेरी करिडोरको जाजरकोट र रुकुमपश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीको पुल निर्माणकार्य सडक डिभिजन चौरजहारीले गरेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending