Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

खण्डहर बन्दै ऐतिहासिक पुरातात्विक स्थल

\"Mahottraiबर्दिवास । महोत्तरी जिल्लाका अति प्राचीन ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थलको अस्तित्व नै लोप हुने स्थिति देखिएकाे छ ।   पडौल गाविसस्थित कारिख महाराजस्थान, भङ्गाहा–६ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर, रामसीताको विवाह मण्डप बनाउन माटो खनिएको मटिहानीस्थान, रामायणकालकै पितृमात्रृभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको बगडा–९ स्थित अन्धाअन्धीस्थानले समुचित संरक्षण र मर्मत सम्भार पाएको छैन ।   सुन्दरपुर गाविसको मगरथानास्थित मङ्गलनाथ महादेव मन्दिर संरक्षण र सम्बद्र्धन नपाउँदा अब खण्डहरजस्तै बनिसकेको सोही गारामश्रेष्ठ महतोले बताए । त्यसैगरी रातु र बडहरी नदीको सङ्गममा रहेको अति प्राचीन सिद्धनाथ महादेव मन्दिर दुवै नदीको बाढीको चपेटामा परेर ढल्ने अवस्थामा पुगेको छ ।   बर्सेनि महाशिवरात्रि र साउन महिनाभरि ठूलो धार्मिक मेला लाग्ने मन्दिर परिसरमा बाढी नियन्त्रण र मन्दिर सम्भारको काम नहुँदा जुनसुकै बेला ढल्न सक्ने अवस्थामा पुगेको मन्दिरसँगैको सिद्धपुर बस्तीका ३५ वर्षीय युवाशङ्कर साहले बताए ।   नेपाल भारत सीमाक्षेत्रसँगै अवस्थित मटिहानी गाउँ रामायणकालीन जनश्रुतिका कैयन् उदाहरणसँग जोडिँदै आएको भए पनि यसको सम्भारमा कुनै निकायले चासो नदिएको गुनासो त्यहाँका नागरिक समाजको छ ।   देशभरिकै सबै धार्मिक मठको मुख्य मानिने लक्ष्मीनारायण मठ रहेको आफ्नो ठाउँको विकासमा सरकार र विभिन्न धार्मिक र पुरातात्विक क्षेत्रको रेखदेख एवम् संरक्षणको जिम्मेवारी पाएका निकाय उदासीन रहँदै आएको सो गाविसका पूर्वअध्यक्ष जयकुमार चौधरीले बताए ।   मठका महन्थ देशभरिकै मठका नायक अर्थात् मानमहन्थ पदवीले विभूषित भए पनि ठाउँको विकासमा प्रयत्नशील नदेखिएको मटिहानीवासीको गुनासो छ ।   तीन दशक पहिलेसम्म देशका कुनाकाप्चाका विद्यार्थी शिक्षा आर्जन गर्न आउने महामुनि याज्ञवल्क्य र मठको संयुक्त नाममा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ ९स्नातक क्याम्पस० र संस्कृत माविमा अब बाहिरी विद्यार्थीको सङ्ख्या स्वात्तै घटेको छ ।   सीमाक्षेत्रमा हुने गुन्डागर्दीका घटनाबाट असुरक्षा भाव, विद्यालय र विद्यापीठको व्यवस्थापकीय लापर्बाही र थप आकर्षण केही दिन नसक्दा पढ्न आउने विद्यार्थीको सङ्ख्या घटेको त्यहाँका सामाजिक एवम् राजनीतिक कार्यकर्ता राजकिशोर मण्डल बताउछन ।   एक दशकअघिसम्म पाँच सयको हाराहारीमा रहने गरेको विद्यार्थी सङ्ख्या अहिले नियमित पठनपाठनमा एक सय भन्दा तल झरेको संस्कृत माविका प्रअ ईश्वरीप्रसाद पौडेलले स्वीकार गरे । जिल्लाको मध्यवर्ती क्षेत्र बगडास्थित अन्धाअन्धीस्थान पनि संरक्षणको अभावमा दिनदिनै अतिक्रमणको चपेटामा परेको छ ।   त्यस्तै बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढको सम्भारमा कतैबाट दिलचस्पी नदेखाइँदा सो ऐतिहासिक किल्ला अब खण्डहर बनेको सोही गाउँका बासिन्दा सञ्चारकर्मी नवीन प्रियदर्शीको भनाइ छ ।   यसबाहेक अहिलेसम्म जेनतेन आफ्नो अस्तित्व धानिरहेको सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर, माईस्थानस्थित पञ्चधुरा माईस्थान, भोइलस्थित सोनामाई मन्दिर, आदिशक्तिपीठ मानिने जलेश्वरस्थित सन्सारी माईमन्दिर र जलेश्वरकै प्रसिद्ध राजदेवी माई मन्दिरको संरक्षणका लागि पनि योजनाबद्ध काम भएको छैन ।   खासगरी जिविस, नगरपालिका र गाविससहितका स्थानीय निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, स्थानीय जिल्ला प्रशासन, पुरातत्व विभाग र अन्य सम्बद्ध निकायले यिनको संरक्षण र समुचित सम्भारमा तत्काल पहलकद्मी लिनुपर्ने जलेश्वर नगरपालिकाको बखरी बस्तीका पूर्वप्रशासक रामअवोध रायले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending