काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन गरिएको छ ।
मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहनुभएका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन गरिएको हो ।
मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पाँच सदस्यीय समिति गठन गर्नुभएको हो ।
समितिमा नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि तथा अभिलेख व्यवस्थापन विभागका महानिर्देशक पीताम्बर घिमिरे, मन्त्रालयका सहसचिव जनकराज जोशी सदस्य रहेका छन्।
समितिमा मन्त्रालयको भूमि व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पद्मनिधि सोती सदस्यसचिव रहनुभएको छ । समितिले मङ्सिर १३ गतेदेखि काम सुरु गरेको हो ।
देवानी संहिता, उद्योग, पर्यटनलगायत कानुनमा रहेको भूमिसम्बन्धी व्यवस्थालाई एकीकृत गरी संशोधनको प्रस्ताव तयार गर्न लागिएको समितिका सदस्यसचिव सोतीले जानकारी दिए।
अध्ययनका क्रममा ६० भन्दा बढी कानुनमा भूमिसम्बन्धी केही न केही व्यवस्था गरिएको समितिले फेला पारेको छ । ती सबैलाई एकीकृत गरी संशोधन गर्ने गरी प्रस्ताव तयार गरिँदै छ । विसं २०५२ देखि नै स्थानीय सरकारले मालपोत उठाउन थाले पनि त्यसलाई समेत अझै कानुनमा संशोधन गरिएको छैन । त्यो संशोधन पनि यसैपटक हुने भएको छ ।
सरकारले जग्गा सम्बन्धमा गरेका निर्णय र परिपत्रलाई पनि एकीकृत मस्यौदामा समावेश गरिँदै छ । संशोधन प्रस्तावसम्बन्धी प्रतिवेदन पुस दोस्रो साता मन्त्रीसमक्ष बुझाउने तयारी भएको सदस्यसचिव सोतीले बताए।
भूमि बैंक, भूमि बजार, भू–उपयोग, जग्गा प्राप्तिसम्बन्धी व्यवस्थालाई पनि यही मस्यौदामा पार्न लागिएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: