Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

प्रभु शाह भन्छन्– एमालेले सरकार बनाउन सहयोग गर्छु भन्नु भद्दा मज्जाक हो

खबरडबली संवाददाता

काठमाडौं । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली जनमतप्रति अनैतिक बनेको बताएका छन् । उनले ओली सत्ताका लागि कांग्रेससँग नजिकिन खोजेको भन्दै यसबाट प्राप्त जनमतकै अपमान गर्ने काम भएको आरोप लगाए ।

बुधबार रौतहटको कटहरियामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै स्वतन्त्र सांसद साहले सत्ता स्वार्थमा ​सिंगो पार्टीलाई ओलीले अनैतिकताको पथमा डोहोर्‍याएको बताए ।

अस्तिसम्म कांग्रेसलाई तथानाम गाली गर्ने र अहिले लाज पचाएर त्यही मुख्य प्रतिस्पर्धी कांग्रेसलाई सरकार बनाउन समर्थन गर्ने कार्य थाल्नु अनैतिकताको भद्दा खेल हो’, साहले भने, ‘ नेपाली जनताले एमालेको चरित्र बुझ्न जरुरी छ ।’

जनताबाट प्रतिपक्षमा बस्न प्राप्त म्यान्डेट स्वीकार गर्दै आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा जोसँग प्रतिस्पर्धा गरियो उसैलाई सत्तामा सघाउने गरी ओलीबाट भएको प्रयास अनैतिकताको पराकाष्टा भएको साहको भनाइ छ । ओलीकै कारण राजनीतिक वृत्तमा एमालेप्रति अनैतिक र अलोकतान्त्रिक छाप पर्ने देखिएको उनले जिकिर गरे ।

आफू सरकारमा हुँदा नागरिकता विधेयक ल्याउने तर सत्ता गठबन्धनले ल्याउँदा राष्ट्रपतिको प्रयोग गरी रोक्ने कार्य एमालेबाटै भएको उल्लेख गर्दै साहले रेशम चौधरीलाई जेलमुक्त गराउने सवालमा पनि त्यस्तै भइरहेको बताए ।

विगतमा ओलीले टीकापुर घटना राजनीतिक मुद्दा भएको भन्ने गरेको तर अहिले सत्ता गठबन्धनले छुटाउन खोज्दा विरोध गरिरहेको भन्दै कटाक्ष गरे ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies