Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कति ?

खबरडबली संवाददाता

गठबन्धनलाई नै निरन्तरता दिने भन्ने गठबन्धन नेतृत्वले भनिसकेको छ। वैकल्पिक हिसाबले सरकार बनाउने विषय छलफलमा छैन।

काठमाडौं । मङ्सिरमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा आएसँगै सरकार गठन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूले छलफल र गृहकार्य थालेको चर्चा सुरु भएको छ।

नवनिर्वाचित प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेका नेताहरूबीच पनि छलफल भएको भन्ने विवरणहरू आइरहेका छन्।

पछिल्ला दिनमा उक्त दलका केही नेताहरूबीच भएका भेटलाई कतिपयले नयाँ सरकार गठनसँग जोडेर हेरेका छन्।

यद्यपि दुवै दलका नेताहरूले “ती भेटमा सत्ता साझेदारीबारे गम्भीर कुराकानी नभएको” बताएका छन्।

त्यस्तै गत साता चुनावी तालमेल समेत गरेका सत्ताधारी गठबन्धनका शीर्ष नेताहरूले मतपरिणामले गठबन्धनलाई अघि बढाउने अभिमत दिएको वक्तव्यमार्फत् जनाएका थिए।

उनीहरूले “गठबन्धन थप एकताबद्ध हुँदै अघि बढ्ने” उल्लेख गर्दै सत्ता साझेदारी कायम रहने जनाएका थिए।

तर गठबन्धनका दलहरूसँग स्पष्ट बहुमत छैन।

प्रत्यक्ष निर्वाचनबाट ५७ र समानुपातिकतर्फबाट ३२ गरी नेपाली कांग्रेसका कुल ८९ सांसद हुनेछन् भने नेकपा एमालेका प्रत्यक्षबाट ४४ र समानुपातिकतर्फबाट ३४ गरी कुल ७८ सांसद छन्।

ओलीको सङ्केत 

यसै साता नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए।

उक्त भेटघाटलाई लिएर कतिपयले दुई दलका नेताहरूबीच सरकार गठनबारे पनि छलफल भएको हुनसक्ने अनुमान गरेका छन्।

केसीले चाहिँ त्यो भेट “विशुद्ध शिष्टाचार र चुनाव जितेकोमा बधाई साटासाटमा मात्र सीमित रहेको” दाबी गरे।

यद्यपि उनले “देशको वर्तमान परिस्थिति र सरकार गठनबारे छलफल नभएको भन्ने नभएको” पनि बताए।

केसीले भने, “सरकार गठनको बारेमा त खास नेतृत्व तहको कुरा हो। उहाँहरूले गरेको भए बेग्लै कुरा हो।”

“हामी एउटा गठबन्धन लिएर चुनावमा गयौँ  र जनसमर्थन प्राप्त गर्‍यौँ। यसबीचमा विकल्प खोज्नु राजनीतिक इमान्दारी हुँदैन। त्यतातिर त्यति गम्भीरतापूर्वक छलफल भएन।”

“तर के छ भने- त्यस्ता सम्भावनाहरू खोज्नुपर्छ। मुलुक अस्थिरतातिर जान लाग्यो भन्ने उहाँ (ओली) ले कुरा निकाल्नुभएको थियो।”

उनले चुनावले जनतामा असन्तुष्टि देखा परेको र देश भूराजनीतिक हिसाबले पनि असहज अवस्थामा पर्ने सङ्केत देखिएकोबारे ओलीसँगको भेटमा चर्चा भएको जानकारी दिए।

उसोभए सरकार गठनबारे कुरै भएन त भन्ने प्रश्नमा केसीले भने, “सरकार बनाउने विषयमा कुराकानी नभएको होइन। अहिले सरकार त गठबन्धनकै बन्छ भन्ने कुरा मैले राखेँ।”

“होइन, त्यसले निम्त्याउने जटिलताले के खालको परिस्थिति निम्त्याउँछ। त्यो पनि त बुझ्नुभएको होला भन्ने उहाँको कुरा थियो।”

“त्यसोभए ओलीको सङ्केत मिलेर जाऔँ भन्ने थियो?” भन्ने प्रश्नमा केसीले भने, “त्यो सङ्केत चाहिँ नआएको होइन।”

उनले देशमा अस्थिरता बढ्ने अवस्था बन्यो त्यसलाई स्थिरतातिर लिएर जान “तपाईँहरूले पहल गर्नुपर्‍यो” भनेर ओलीले भनेको बताए।

केसीका भनाइमा देशको परिस्थितिबारे ओली र उनीबीच सामीप्यता पनि देखिएको थियो।

एमाले के भन्छ ?

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अन्य दलहरूसँगै नेपाली कांग्रेससँग पनि देशको वर्तमान परिस्थितिबारे छलफलहरू भइरहेको बताएका छन्।

यद्यपि त्यो “सरकार गठनको तहमा नपुगेको” उनको भनाइ छ।

उनले निर्वाचनको नतिजाले देशलाई “थप अस्थिर र जटिल” परिस्थितितर्फ लैजाने देखिएकाले त्यसबारे एमालेले चासो र चिन्ता व्यक्त गर्दै दलहरूसँग छलफल गरेको स्पष्ट गरे।

अहिले जनतामा देखिएको असन्तुष्टि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले नेपालमा प्राप्त भएको उपलब्धिमाथि नै खतरा उत्पन्न हुन सक्ने भएकाले त्यसबारे मुख्य दलहरू एक हुनुपर्ने ज्ञवालीले बताए।

तर सरकार गठनबारे पनि एमालेले कांग्रेससँग कुराकानी गर्न खुला रहेको ज्ञवालीको भनाइ छ।

उनले भने, “साच्चै गम्भीरतापूर्वक नेकाले छलफल गर्ने हो भने र देशका मुख्य अजेन्डामा न्यूनतम साझा अवधारणा बनाउन हो भने ठूलो दल बनेकाले उसले सरकार बनाउँदा हामीले बाहिरबाट सहयोग गर्ने वा हामीले बनाउँदा उसले सहयोग गर्ने अवस्था हुन सक्ला।”

तर त्यसबारे अहिले यी दुई दलबीच गम्भीर रूपमा त्यसबारे चर्चा नभएको उनको भनाइ छ।

यद्यपि देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने र चारवटा दल मिलेर पनि सरकार बनाउन नसक्ने परिस्थिति आएकाले खास विषयहरूमा दुई दलबीच एकैखाले अवधारणा बन्न सके उपयुक्त हुने उनको भनाइ छ।

के कांग्रेस भन्छ ?

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमालेसँग "छलफल भएको” बताए। तर त्यस्ता छलफल “सरकार गठनमा केन्द्रित नभएको” उनको भनाइ छ।

“कतिपय विषयमा समान दृष्टिकोण बनाउनुपर्ने हुन्छ। त्यसैले गर्दा छलफहरू भएका छन् तर सरकार गठनको विकल्पबारे कुरा भएको छैन,” उनले भने।

“गठबन्धनलाई नै निरन्तरता दिने भन्ने गठबन्धन नेतृत्वले भनिसकेको छ। वैकल्पिक हिसाबले सरकार बनाउने विषय छलफलमा छैन।”

कांग्रेस र एमाले मिलेर सरकार बनाउने भन्ने खालका विवरणहरू आएको कुरालाई भने उनले अस्वीकार गरेनन्।

महतले भने, “कतिपय कुराकानीमा त्यस्तो कुरा भएका हुनसक्छ। त्यो सार्वजनिक भएको छ, तर वैकल्पिक ढङ्गले सरकार बनाउने विषय गम्भीर छलफलको विषय भएको छैन।” बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending