काठमाडौ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ हजार आठ सय २४ माग गरेका थिए ।
समितिले भने पाँच जनालाई मात्र रु १३ लाख २२ हजार तीन सय ८० दिइएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए। स्टाण्डर्ड मल्टिपर्पोजलाई सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । पाँच जनालाई गत कात्तिक मसान्तमै बचत फिर्ता गरी हिसाब–किताब राफसाफ गरिएको जनाइएको छ । बचतकर्ताले भने समितिबाट बचतको आधामात्र रकम पाएको बताएका छन् ।
स्टाण्डर्ड मल्टिपर्पोजमा रु १८ हजार बचत गर्नुभएकी वनस्थलीकी सरस्वती चक्रधरले त्यसको आधा अर्थात् रु नौ हजारमात्र समितिबाट फिर्ता पाए। उहाँले भन्नुभयो, “मैले ओरेण्टल को–अपरेटिभ लिमिटेडमा तीन लाख मुद्दती खातामा जम्मा गरेको छु, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा पनि रु तीन लाख २० हजार मुद्दती खातामा राखेको छु, धेरै पैसा राखेको दुवै सहकारीबाट अझै पैसा फिर्ता पाउन सकिएको छैन, यी दुवै सहकारीलाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ, दुवैलाई अहिले समितिले नै हेर्छ, थोरै राखेको सहकारीको भने आधामात्र पैसा फिर्ता पाएको छु ।”
अरु पैसा पाउने कहिले–कहिले भनेर आधामात्र भए पनि फिर्ता लिएको बचतकर्ता बताउँछन् । समितिले हाल अन्य ११ वटा समस्याग्रस्त सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गराउन लागिपरेको जनाएको छ । ओरेण्टल सहकारीका बचतकर्ताबाट अझै समितिले निवेदन माग गरेको छ । मङ्सिर २३ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिनसम्म ओरेण्टल सहकारीमा बचत गर्नेले आफूसँग भएको प्रमाणसहित समितिको कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १२:३७
आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव
आषाढ़ १५ गते, २०८३ - ११:५५
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...
आषाढ़ १५ गते, २०८३ - ११:२६
काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...
आषाढ़ १५ गते, २०८३ - ११:११
नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...
आषाढ़ १५ गते, २०८३ - १०:४७
कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...
आषाढ़ १५ गते, २०८३ - १०:२७
नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...



प्रतिकृया लेख्नुहोस्: