काठमाडौ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ हजार आठ सय २४ माग गरेका थिए ।
समितिले भने पाँच जनालाई मात्र रु १३ लाख २२ हजार तीन सय ८० दिइएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए। स्टाण्डर्ड मल्टिपर्पोजलाई सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । पाँच जनालाई गत कात्तिक मसान्तमै बचत फिर्ता गरी हिसाब–किताब राफसाफ गरिएको जनाइएको छ । बचतकर्ताले भने समितिबाट बचतको आधामात्र रकम पाएको बताएका छन् ।
स्टाण्डर्ड मल्टिपर्पोजमा रु १८ हजार बचत गर्नुभएकी वनस्थलीकी सरस्वती चक्रधरले त्यसको आधा अर्थात् रु नौ हजारमात्र समितिबाट फिर्ता पाए। उहाँले भन्नुभयो, “मैले ओरेण्टल को–अपरेटिभ लिमिटेडमा तीन लाख मुद्दती खातामा जम्मा गरेको छु, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा पनि रु तीन लाख २० हजार मुद्दती खातामा राखेको छु, धेरै पैसा राखेको दुवै सहकारीबाट अझै पैसा फिर्ता पाउन सकिएको छैन, यी दुवै सहकारीलाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ, दुवैलाई अहिले समितिले नै हेर्छ, थोरै राखेको सहकारीको भने आधामात्र पैसा फिर्ता पाएको छु ।”
अरु पैसा पाउने कहिले–कहिले भनेर आधामात्र भए पनि फिर्ता लिएको बचतकर्ता बताउँछन् । समितिले हाल अन्य ११ वटा समस्याग्रस्त सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गराउन लागिपरेको जनाएको छ । ओरेण्टल सहकारीका बचतकर्ताबाट अझै समितिले निवेदन माग गरेको छ । मङ्सिर २३ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिनसम्म ओरेण्टल सहकारीमा बचत गर्नेले आफूसँग भएको प्रमाणसहित समितिको कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १६:५४
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...
मंसिर २२ गते, २०८२ - १६:४१
काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...
मंसिर २२ गते, २०८२ - १६:१९
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् । प्लेअफ समीकरण पूरा भइसक्दा १२ ...
मंसिर २२ गते, २०८२ - १५:५९
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा समेत जोडि...
मंसिर २२ गते, २०८२ - १५:४६
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको व्यापक अनियमिततामा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध अख्तियार दुरु...
मंसिर २२ गते, २०८२ - १५:२८
धनगढी। कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरेर नेपाल–भारत सीमा...
मंसिर २२ गते, २०८२ - १५:२२
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी सिंहदरब...
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...




प्रतिकृया लेख्नुहोस्: