Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : नेता पौडेल

खबरडबली संवाददाता
काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएको छन् । बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उनले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएको हो । विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ ।
 
काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताए । उनले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए । नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताउनुभयो । उहाँले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।
 
कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उहाँको भनाइ छ । बिग्रिएका बाटोको मर्मतका लागि आवश्यक पहल गरिरहेको नेता पौडेलले बताए ।
 
उनले काठमाडौँ क्षेत्र नं ५ मा बाटो र खानेपानीको समस्या धेरै रहेको उल्लेख गर्दै आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्न पहलकदमी थालेको पनि बताए । नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लाग्ने विश्वास दिलाए। विष्णुमती करिडोर सडक करिब रु १२ करोडमा निर्माण हुने अनुमान गरिएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending