ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् ।
काठमाडौं । विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएपछि असन्तुष्टि चुलिएको छ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काखी च्यापेर समानुपातिकतर्फबाट सासद बनाएका हुन्।
ओेलीले ढकाललाई सांसद बनाएपछि एमालेमा संघर्ष गरेका नेताहरुले तिव्र असन्तुष्टि पोखेका छन्। एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस आर्य क्लस्टरको दोस्रो नम्बरमा थियो।
नेकपा एमाले नेता भीम रावलले ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।
एमालेकोे निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले ट्वीटरमा लेखेका छन्, 'अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ ।'

परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको उल्लेख गरेका छन्।
'एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार। राजनीतिमा नैतिकताको खडेरी। स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ' उनले भनेका छन्।
अध्यक्ष ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् । यद्यपि, उनीहरूले भित्रभित्रै असन्तुष्टि पोखिरहेका छन् ।
‘ढकाललाई संसद् प्रवेश नगराउन खस–आर्यबाट एकजना मात्रै पुरुष पठाएर बाँकी नौजना महिला पठाउनुपर्ने हुन्थ्यो । तर, नेतृत्वले जसरी पनि सांसद बनाउने गरी सूचीमा राखेकाले ढकाल पर्नु स्वाभाविक हो,’ एक पदाधिकारीले भने।
सामूहिक निर्णयमा नचलेका कारण पार्टीमा लामो योगदान भएका नेता नपरेर ढकालहरूले मौका पाएको नेताहरुको दुखेसो छ।
एमालेले सांसद बनाएको ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए ।
परिवार दलले यसपालि समानुपातिकको बन्दसूची पठाएको छैन । बरु पार्टीका अध्यक्ष नै एमालेबाट संसद् प्रवेश गर्ने भएका हुन्।
यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधानसभाको सदस्य बनेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: