Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

विवादास्पद छवि भएका परिवार दलका अध्यक्ष एकनाथलाई ओलीले काखी च्यापेर बनाए सांसद

ओलीको निर्णयप्रति खुलेर विरोध गर्न सक्दैनन् नेताहरु, भीम रावल भन्छन् : क्या चमत्कार !

खबरडबली संवाददाता

ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् ।

काठमाडौं । विवादास्पद छविका इसाई धर्म प्रचारक एकनाथ ढकाललाई एमालेले समानुपातिक सांसद बनाएपछि असन्तुष्टि चुलिएको छ। 

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काखी च्यापेर समानुपातिकतर्फबाट सासद बनाएका हुन्। 

ओेलीले ढकाललाई सांसद बनाएपछि एमालेमा संघर्ष गरेका नेताहरुले तिव्र असन्तुष्टि पोखेका छन्। एमालेले निर्वाचन आयोगलाई पठाएको बन्दसूचीमा ढकालको नाम खस आर्य क्लस्टरको दोस्रो नम्बरमा थियो। 

नेकपा एमाले नेता भीम रावलले ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । 

एमालेकोे निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले ट्वीटरमा लेखेका छन्, 'अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा  स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको छ ।' 

परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको उल्लेख गरेका छन्। 

'एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधि सभाको सदस्य, क्या चमत्कार। राजनीतिमा नैतिकताको खडेरी। स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ' उनले भनेका छन्।

अध्यक्ष ओलीकै रुचिमा ढकाल सांसद सिफारिस भएकाले पार्टीका शीर्ष नेताहरूले खुलेर आलोचना गरेका छैनन् । यद्यपि, उनीहरूले भित्रभित्रै असन्तुष्टि पोखिरहेका छन् । 

‘ढकाललाई संसद् प्रवेश नगराउन खस–आर्यबाट एकजना मात्रै पुरुष पठाएर बाँकी नौजना महिला पठाउनुपर्ने हुन्थ्यो । तर, नेतृत्वले जसरी पनि सांसद बनाउने गरी सूचीमा राखेकाले ढकाल पर्नु स्वाभाविक हो,’ एक पदाधिकारीले भने। 

सामूहिक निर्णयमा नचलेका कारण पार्टीमा लामो योगदान भएका नेता नपरेर ढकालहरूले मौका पाएको नेताहरुको दुखेसो छ। 

एमालेले सांसद बनाएको ढकाल अहिले पनि नेपाल परिवार दलका अध्यक्ष छन् । सो पार्टीको गत वर्ष भएको तेस्रो महाधिवेशनबाट उनी अध्यक्षमा तेस्रो पटक निर्विरोध निर्वाचित भएका थिए ।

परिवार दलले यसपालि समानुपातिकको बन्दसूची पठाएको छैन । बरु पार्टीका अध्यक्ष नै एमालेबाट संसद् प्रवेश गर्ने भएका हुन्।

यसअघि दुई पटक नेपाल परिवार दलबाट संविधानसभाको सदस्य बनेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending