Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जाडोयामभर नियमित दाउरा संकलनमा सहज

खबरडबली संवाददाता

रसुवा । चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ । जिल्लाको माथिल्ला  बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको हो ।

जिल्ला विपद् व्यवस्थापनको अनुरोधमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उत्तरी हिमाली क्षेत्रका बासिन्दालाई मात्र नियमित दाउरा सङ्कलनको छुट दिएको हो । दाउरा सङ्कलनका लागि  शुल्क नलाग्ने बताइएको छ ।

नियमितरूपको दाउरा भने जाडोको समय अर्थात् आगामी फागुन १५ सम्मका लागि मात्र आगो ताप्ने प्रयोजनका लागि सुके, ढलेको तथा बोटमै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न दिने निकुञ्ज तथा वन प्राविधिकले सहमति दिएका हुन् ।

दाउरा सङ्कलन गर्न वनजङ्गल पस्दा वन्यवन्तुलाई हाहु गरेर तर्साउने वा मार्ने काम गर्न नपाइने वन प्राविधिकले स्पस्ट पारेका छन् । हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने बताउँदै वन क्षेत्रका अधिकारीले तोकिएको भन्दा फरक तरिकाले गैरकानुनी कार्य गरेको पाइएमा नियमानुसार कारबाही हुनेसमेत जनाइएको छ ।

निकुञ्जका वन प्राविधिक नितेन्द्र सिंहले स्थानीय उपभोक्ता समितिको सिफारिसका आधारमा प्रत्येक हप्ता–हप्तामा मात्र दाउरा सङ्कलनका लागि उपभोक्ता जङ्गल जान पाउने प्रावधान परिमार्जन गरिएको जानकारी दिए उनले बढ्दो चिसोपनलाई मध्यनजर राखी जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोध र आफ्ना उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न प्रतिघर परिवार दैनिक एक–दुई भारी दाउरा सङ्कलनमा छुट गरिएको बताए ।

दाउरा सङ्कलनको निहुँमा काँचो वनस्पति काट्ने, वन्यजन्तु वा पक्षी मार्ने, तर्साउने गरेको पाइएमा कारबाही हुने जनाइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले भने वन डिभिजनको कार्यक्षेत्रमा पर्ने सबै वन समुदायमा हस्तान्तरण भइसकेको बताउनुभयो । स्थानीय उपभोक्ताले परम्परागतरूपमा जे–जति वन पैदावार उपभोग गर्दै आएका छन् ती वस्तु उपभोगमा हालसम्म रोकतोक नभएको उनले स्पष्ट पारे। 

जिल्लाका भू–भागमध्ये लाङ्टाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्वन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्वुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुञ्चे, नागुङ, चन्दनबारी, भार्खु, ठुलोस्याफ्रु, बृद्विम, लाङ्टाङ, टिमुरेको खैदीसमेतका क्षेत्र जाडोले प्रभावित हुने गरेको बताइएको छ ।

 यसैगरी डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गतलाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवं जाडो प्रभावित क्षेत्र भएको सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए। 

यी क्षेत्रमा चिसोपन बढिसकेको र मौसममा केही परिवर्तन आउँदा साथ हिमपात हुनसक्ने र गाउँले जनजीवन कठ्याङ्ग्रिने भएकाले डिभिजन वन तथा निकुञ्ज कार्यालयबाट दाउराको व्यवस्थापन गराउने र असहाय ज्येष्ठ नागरिक तथा गरिब महिला एवं बालबालिकाका लागि न्यानो कपडा व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोध गरिसकिएको बताए। 

आगो ताप्ने काम घर बाहिर खुला ठाउँमा गर्न, नियमित तातोपानी पिउन, बालबालिका र ज्येष्ठ नागरिकलाई तातो स्थानमा राखी जाडोयाममा हुनसक्ने रूघाखोकी, निमोनियाजस्ता रोगप्रति सावधान रहन अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: