काठमाडौं । मधेस प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुने भएको हो ।
कुल एक सय सात सदस्य रहेको प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधित्व हुने भएको हो ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ १५ सिट जितेर पहिलो दल बनेको एमालेले समानुपातिकमा आठ सिट थपेर २३ सिट पु¥याएको छ भने प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ नौ सिट थपेर २२ सिट पु¥याएर दोस्रो दल बनेको छ ।
विसं २०७४ को निर्वाचनमा मधेस प्रदेशसभामा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दलमा सीमित भएको छ । जसपाले प्रत्यक्षतर्फ नौ र समानुपातिकमा सातसहित १६ सिट जितेको निर्वाचन आयोगले जनाएको छ ।
डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ सिट र समानुपातिकमा सात गरी १३ सिटसहित मधेस प्रदेशसभामा चौथो दलका रूपमा स्थापित भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने पाँचौँ दल बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेको लोसपाले समानुपातिकमा दुई सिट थप्दै नौ सिट पु¥याएको छ ।
सङ्घीय संसद्मा तेस्रो शक्ति बनेको माओवादी केन्द्र भने मधेस प्रदेशमा छैटौँ बनेको छ । प्रत्यक्षतर्फ चार सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा पनि चार सिट नै पाएर छैटाैँ दल बनेको हो ।
नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीन गरी सात सिटसहित सातौँ दल बन्दा राप्रपा, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ नजिते पनि समानुपातिकतर्फ एक–एक सिट पाएर मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने भएका छन् ।
मधेस प्रदेशमा प्रत्यक्षतर्फ छ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । अघिल्लो मधेस प्रदेशसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, लोससा, एकीकृत समाजवादीसहित आठ दलको प्रतिनिधित्व थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - ०८:३६
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...
पौष ८ गते, २०८२ - ०८:३०
काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...
पौष ८ गते, २०८२ - ०८:०५
म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...
पौष ८ गते, २०८२ - ०७:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...
पौष ८ गते, २०८२ - ०७:१७
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - ०७:०६
मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...
पौष ८ गते, २०८२ - ०७:०३
गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...
पौष ८ गते, २०८२ - ०७:००
काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...
पौष ८ गते, २०८२ - ०६:५७
रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...
पौष ८ गते, २०८२ - ०६:५४
काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...




प्रतिकृया लेख्नुहोस्: