Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

मोरक्को र फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

पोर्चुगल र इंग्ल्यान्ड बाहिरियो

खबरडबली संवाददाता

काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यस्तै मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ ।

अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे ।

पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।

खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे ।

यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।

वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

यस्तै, साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो ।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।

रोमान्चक खेलको १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । उनले एन्टोनियो ग्रीजम्यानको पासमा उत्कृष्ट गोल गरे ।

तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए । फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो ।

यस गोलसँगै केनले वायन रुनीको नाममा रहेको इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । 

खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । उनले ग्रीजम्यानकै पासमा गोल गरेका हुन् ।

खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो ।

त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र फ्रान्स २-१ ले विजयी भयो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending