तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबले जिल्लामा सर्वाधिक राशिको खुला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
यही मङ्सिर २९ देखि आगामी पुस ७ गतेसम्म दोस्रो दोभान तथा प्रथम राजेन्द्र स्मृति कप २०७९ आयोजना गरिएको जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख पाँच हजार पाँच सय ५५, दोस्रोलाई रु एक लाख १५ हजार पाँच सय ५५ सहित प्रमाणपत्र, मेडल र कप प्रदान गरिने क्लबका सचिव सुमन बस्नेतले जानकारी दिए।
अनुशासित टोलीलाई रु आठ हजार, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडीलाई रु सात हजार पाँच सय र म्यान अफ द म्याचमा रु एक हजार पाँच सय तथा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । खुला सेभेन ए साइड पुरुष फुटबल प्रतियोगितामा १५ टोलीले दर्ता गरिसकेको क्लबका उपाध्यक्ष कृष्णबहादुर दरैले जानकारी दिए।
विसं २०५५ मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता व्यास–३ बिपी वनबाटिकामा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा रु नौ लाख सत्ताइस हजार एक सय दश खर्च हुने र रु आठ लाख सात हजार एक सय दश अपुग रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए। उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, आमा समूह, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको उनले बताए। प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले मङ्सिर २८ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: