काठमाडौं । पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ ।
मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार पूर्णिमादेखि औपचारिक रुपमा साकेलापर्व मनाउन सुरु भएको छ ।
किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदैं छ ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याउने खुसीयालीमा मनाउने गरिएको राई संस्कृतिका अध्येता शुभराज राईले बताउनुभयो ।
प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ ।
भाषा संस्कार संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभर छरिएर रहेका किराँतहरु आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको प्राध्यापक कुमारसिंह राई बताउँछन्।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःखसुख साट्दै संस्कृति झल्काउने पोषाकमा साकेला नाच्ने गरिन्छ । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन् ।
त्यस्तै सुनुवारहरु ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । पछिल्लो समय युवापुस्तामा साकेलाउधौलीको आकर्षण बढ्दै गएको छ । आप्mनै वेशभूषामा ढोल, भ्mयाम्टाका साथ साकेलानाच नाच्दै टोल टोलमा किराँत युवायुवती यो पर्व मनाउन थालेका छन् ।
युवापुस्ताका लागि विभिन्न जिल्लामा किराँत राई यायोक्खाको आयोजनामा साकेला नाचको प्रशिक्षण नै आयोजना गरी साकेला नाचको विस्तार गरिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: