काठमाडौं । पूर्वका किराँतबस्तीमा साकेलाउधौली पर्व सुरु भएको छ ।
मङ्सिर पूर्णिमादेखि सुरु भई १५ दिनसम्म ढोलझ्याम्टाका साथ साकेला नाच्दै किराँत राईले धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । बिहीबार पूर्णिमादेखि औपचारिक रुपमा साकेलापर्व मनाउन सुरु भएको छ ।
किराँत राई यायोक्खा नगर कमिटी कटारीका अध्यक्ष पद्म राईका अनुसार किराँत राईहरुको बसोबास रहेको पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुरका साथै धरान, इटहरी, गाईघाट, कटारी, मोरङ, राजधानीलगायत सहरमा यो पर्व धुमधामका साथ मनाइँदैं छ ।
उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याउने खुसीयालीमा मनाउने गरिएको राई संस्कृतिका अध्येता शुभराज राईले बताउनुभयो ।
प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा माछा ओरालो (उँधो) धेरै पानी भएको ठाउँतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ ।
भाषा संस्कार संस्कृतिले आ–आप्mनो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीको अवसरमा संसारभर छरिएर रहेका किराँतहरु आपसमा शुभकामना आदान प्रदान गरी यो पर्व मनाउने गरिएको प्राध्यापक कुमारसिंह राई बताउँछन्।
उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःखसुख साट्दै संस्कृति झल्काउने पोषाकमा साकेला नाच्ने गरिन्छ । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न शैलीमा साकेला नाचेर यो पर्व मनाउने गर्दछन् ।
त्यस्तै सुनुवारहरु ढोल बजाएर स्यादर नाच्ने गर्दछन् । पछिल्लो समय युवापुस्तामा साकेलाउधौलीको आकर्षण बढ्दै गएको छ । आप्mनै वेशभूषामा ढोल, भ्mयाम्टाका साथ साकेलानाच नाच्दै टोल टोलमा किराँत युवायुवती यो पर्व मनाउन थालेका छन् ।
युवापुस्ताका लागि विभिन्न जिल्लामा किराँत राई यायोक्खाको आयोजनामा साकेला नाचको प्रशिक्षण नै आयोजना गरी साकेला नाचको विस्तार गरिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: