Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

खबरडबली संवाददाता

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन् । 

पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन् । 

सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै तत्काल कार्यालय स्थानीय तहमै सार्नुपर्नेमा स्थानीयको जोड छ । 

तत्काल सम्पर्क कार्यालय बन्द गर्न नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले माग गरे। कानुनविपरीत स्थानीय सरकारको महसुसै नहुने गरी सुविधा भोगी कर्मचारीको कारण स्थानीय सरकारको बजेटसमेत महँगो भाडामा खर्च गरेको र स्थानीय सेवाग्राहीले सास्ती खेप्नुपरेको उनको भनाइ छ । 

तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म हारगुहार गर्ने सेवाग्राहीले माग गरे। यो गाउँगाउँमा सिंहदरबार भन्ने कुरालाई खिल्ली उडाएको आरोप लगाएका छन् । 

नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनु पर्ने सेवा एकदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर लिनुपर्ने बाध्यता भएको छ । सिमकोटको कार्यालय बन्द गरेर तत्काल गाउँपालिकाको केन्द्र यालवाङ्मा कार्यालय राख्नु सेवाग्राही दावा छिरिङ तामाङले माग गरे। 

योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिकरूपमा समेत भार भोग्नुपरेको उनको भनाइ छ । सेवाग्राहीको मागबारे बोल्दै गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा अहिले सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालय काम गर्नुपरेको बताउँदै पन्छिएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending