Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

न्याय अनुभूत भएको छ, म खुसी छु, आजैदेखि नियमित काममा फर्किन्छुः जबरा

खबरडबली संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू आजैदेखि नियमित कामकाजमा फर्किने बताएका छन् । प्रधानन्यायाधीश जबराले महाभियोग निष्प्रभावी भएसँगै आफू सर्वोच्च जान लागेको बताएका हुन् । 

बुधबार संसदका महासचिव डा। भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएका छन् । यसले न्यायको अनुभूति भएको भन्दै जबराले आजैदेखि काममा फर्कने बताए ।

‘म खुसी छु, न्याय अनुभूत भएको छ,’ उनले भने, ‘आजदेखि म मेरो नियमित काम काजमा फर्किन्छु । २७ गतेबाट मैले अवकाश पाउने हो ।’

उनले अगाडि भने, ‘सुरक्षाकर्मी आउँदैछन्, सुरक्षा व्यवस्थाको तयारी हुँदैछ । म पनि आफ्नो व्यवस्था गर्दैछु ।’

गत वर्षको फागुन १ गते संघीय संसदका ९८ सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग प्रक्रियामै रहेको समयमा संसदको कार्यकाल समाप्त भएपछि पूर्ववत् महाभियोग सिफारिस समितिले महाभियोग निरन्तर रहने र अर्को संसदले टुंगो लगाउने भन्दै संसदमा सिफारिस गरेको थियो । 

पूर्ववत् संसदको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च अदालत जान खोजेपनि सरकारले उनलाई प्रधानन्यायाधीशको निवासबाट बाहिर निस्कन दिएको थिएन ।  मंगलबार जबराले संघीय संसद सचिवालयमा आफ्नो महाअभियोगको सम्बन्धमा के कसो भएको हो र महाभियोग अझै बाँकी नै हो कि सकियो भनेर निवेदन दिएका थिए । उक्त निवेदनमाथि बुधबार संघीय संसद सचिवालयले जबरासहित ५ वटा संवैधानिक निकाय र सर्वोच्च अदालतलाई पत्र पठाएर महाभियोग निष्प्रभावी रहेको पत्र दिएका थिए । 

त्यसपछि जबरा बुधबार नै सर्वोच्च अदालतमा पत्रसहित उपस्थित हुन लागेका हुन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैले घमण्ड नगरे हुन्छ, कुनै एउटा पार्टी अलग हुनेबित्तिकै सरकार भूइँमै पछारिन्छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्ति प्रकरणमा गठबन्धन झन्ड...

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र उर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्...

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ...

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौँ । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड...

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर ग...

मालपोत कार्यालय सोलुखुम्बुका खरिदार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद...

रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा गर्नुपर्ने बताएका छन् । राष्ट्र...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन्ः सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बत...

उपनिर्वाचनको मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ । इलाम(२ को प्रतिनिधिसभा ...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौँ । सरकारले यही वैशाख १६ गते आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।  हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies