काठमाडौं । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो।
पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे । पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे ।
स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । जोआ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरे ।
खेलको ३३ औं मिनेटमा पेपेले गोल गर्दै पोर्चुगललाई २-० को अग्रता दिलाए । ब्रुनो फर्नान्डेसमा पासमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
५१ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो । उनले डिएगो डालोटको पासलाई सदुपयोग गरे ।
खेलको ५५ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए । राफायलले रामोसको पासमा गोल गरेका हुन् ।
५८ औं मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए ।
खेलको ६७ औं मिनेटमा रामोसले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए ।
जोआ फेलिक्सको पासमा गोल गर्दै २१ वर्षीय रामोसले ह्याट्रिक पूरा गरेका हुन् । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो ।
त्यसपछि खेलको इन्जुरी समयमा सब्सिच्युडको रुपमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । उनी ८७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान छिरेका थिए ।
अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्को स्पेनलाई हराएर अन्तिम आठमा पुगिसकेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - ०९:३१
काठमाडौँ । पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न नेपालमै पहिलो पटक भइरहेको ऐतिहासिक ‘विश्वमेध श्रीवि...
माघ २९ गते, २०८२ - ०९:२७
विराटनगर । मोरङ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका...
माघ २९ गते, २०८२ - ०९:१९
काठमाडौं । दैलेखमा ठूलो मात्रामा खनिज ग्यासको भण्डारण रहेको त्यहाँ अन्वेषण गर्ने चिनियाँ कम्पनीले जानकारी गराएको अधिकारीहरूले बताएका छन्। दैलेखको भ...
माघ २९ गते, २०८२ - ०९:०८
काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी ...
माघ २९ गते, २०८२ - ०८:१७
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेप...
माघ २९ गते, २०८२ - ०८:१५
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको ब...
माघ २९ गते, २०८२ - ०७:५५
बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनम...
माघ २९ गते, २०८२ - ०७:५३
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको ...
माघ २९ गते, २०८२ - ०७:४९
काठमाडौँ । खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधानका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ढुवानी व्यवस्थापनलाई प्रभावकारी बन...
माघ २९ गते, २०८२ - ०७:४५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ...



प्रतिकृया लेख्नुहोस्: