Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सप्तरीमा १३८ जना उम्मेदवारको जमानत जोगिएन

खबरडबली संवाददाता

सप्तरी ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल एक सय ३८ उम्मेदवारको जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

जिल्लाका चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभामा ७० जना र प्रदेश सभामा एक सय ६ जना उम्मेदवार रहेका थिए ।  चार वटा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र लोसपा, नेकपा एमाले र जसपा तथा जनमत पार्टीका उम्मेदवार बाहेक सबैको जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार रहेकोमा जसपाका नवलकिशोर साह २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । यस क्षेत्रमा जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ र नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गर्नुभएको छ । अन्य सबै उम्मेदवारको जमानत नै फिर्ताहुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा ७४ हजार पाँच सय ६ मत खसेकोमा चार हजार तीन सय २१ मत बदर भएको थियो । 

क्षेत्र नं २ मा १६ जना उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले ३५ हजार ४७ मतले विजयी हुनुभयो । यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत र लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा तीन जना बाहेक अन्य १३ जनाको जमानत फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र २ मा ६४ हजार दुई सय १९ मत खसेकोमा ६० हजार नौ सय २१ मत सदर भएको कार्यालयले जनाएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा १८ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार एक सय ६६ मतले विजयी हुँदा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय र जनमत पार्टीका अनिस अन्सारीले १५ हजार एक सय १४ मत पाएको छन् । त्यसबाहेक सो क्षेत्रमा १५ जना उम्मेदवारको जमानत जोगिएन । यो क्षेत्र मा ७१ हजार एक सय २२ मत खसेकोमा ६६ हजार आठ सय २० मत सदर भएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिए ।  

क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार चार सय ९१ मतले विजयी हुँदा जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत र जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार नौ सय २५ मत प्राप्त गरे ।  

यस क्षेत्रमा १६ जना १३ जनाको जमानत जोगिएन । यो क्षेत्रमा ६९ हजार ९३ मत खसेकोमा पाँच हजार एक सय एक मत बदर हुँदा ६३ हजार नौ सय ९२ मत मात्र सदर भएको थियो । 

यसैगरी प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्रका एक सय ६ जना उम्मेदवारमध्ये २६ जनाको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उम्मेदवारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending