वालिङ । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने ९स्थानीय० बाली लोप हुन थालेका हुन् ।
ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ । वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ सङ्कलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए ।
वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो । “हामी आधुनिकतातर्फ लम्कदै ‘हाइब्रिड’ जातका बीउ लगाउँदै गर्दा हाम्रा पुराना बालीका बीउ लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “रैथाने बालीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा बेलैमा ध्यान दिइएन भने भोलिका दिन बीउमा पनि परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।”
स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ सङ्कलन अभियानलाई जारी राखेको उहाँले बताउनुभयो ।
“रैथाने बालीको संरक्षण अभियानअन्तर्गत विभिन्न ठाउँमा पुगेर खाद्यान्न तथा तरकारी बालीका हालसम्म ५८ प्रजातिका बीउ सङ्कलन गरेका छौँ । अझै निरन्तररुपमा खोजी जारी राख्छौँ”, अध्यक्ष गुरुङले भने, “सङ्कलित बीउलाई कृषि विज्ञको सहयोगमा प्रयोगशालामा परीक्षण गरी कृषकलाई फिर्ता गर्ने र उत्पादन भएको बीउ फेरि संस्थाले खरिद गरी बीउ बैंककारुपमा अगाडि बढाउने लक्ष्य छ ।”
अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।
उनले भने, “स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नाका साथै उत्पादित बस्तुको बजारीकरण र सर्वसुलभ उपलब्ध गराउन जोड दिइने छ ।” संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: