Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

भारतले महाकाली मिचेको आरोपसम्बन्धी घटना के हो?

खबरडबली संवाददाता

काठमाडौं । आइतवार महाकाली २ का अम्भा दत्त बडु महाकाली नदीमा लुगा धुँदै थिए। अचानक अलि परबाट मानिसहरूको कोलाहल सुरु भएपछि उनको ध्यान नेपाल-भारत जोड्ने पुलतर्फ सोझिएको थियो। 

केही बेरमै त्यहाँ मानिसहरूको भिड जम्मा भयो। त्यसबेला बर्दीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या पनि उल्लेख्य देखिएको उनले बीबीसीसँग सुनाए।

पुल तर्ने वा अन्य कुनै विषयमा गाउँलेहरूबीच झडप भएको हो कि भन्ने आशङ्काले आफू लुगा धुँदाधुँदै जुरुक्क उठेको उनी सम्झन्छन्।

“गाउँका साथीहरू पो लडे कि भनेर हेर्न लाथेँ। तर उठ्नासाथ भारततिरबाट कसैले प्रहार गरेको ढुङ्गा मेरो देब्रे कानमा लाग्यो। त्यसपछि म त्यहीँ थचक्क बसेँ। दुखेको थियो तर भिड कम नभएसम्म उठिनँ,” बडुले बताए।

आफूले यसअघि पनि वारिपारि ढुङ्गा हानाहान भएको घटनाबारे सुनेको तर पहिलो पटक भुक्तभोगी भएको उनको कथन छ।

“खोला नेपालतिर मोडेको कारण आन्दोलन भएको रहेछ। म त्यहाँ चोटले गर्दा जान पाइनँ। आज आफूले कान कम सुनेको महसुस भएपछि सहयोग माग्दै कहाँ जाने बुझ्न खोज्दैछु ,” उनले भने।

के भएको हो?

भारतले महाकाली नदीको प्राकृतिक धार नेपालतर्फ सोझ्याउँदै आफ्नो भागमा तटबन्ध निर्माण कार्य अघि बढाएको भन्दै दार्चुला, खलङ्गाका नेपालीहरू विरोधमा उत्रिएका थिए। खोलाको धार नेपालतिर धकेल्दा बस्तीमा बाढीको जोखिम बढ्ने भन्दै आम मानिसहरूले निर्माण कार्य रोक्न दबाब दिएका थिए र सोही क्रममा भारतीय पक्षसँग ढुङ्गा हानाहानसमेत भएको अधिकारीहरूले बताएका छन्।

बीबीसीलाई प्राप्त एक भिडिओ सामग्रीमा प्रदर्शनकारीहरूलाई रोक्न नेपाल प्रहरीले लाठीचार्ज समेत गरेको देखिन्छ।

यद्यपि, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार कूटनीतिक र प्रशासनीय तहमा छलफल भई उक्त निर्माण कार्य अघि बढेको हो। उनका अनुसार नेपाल-भारत सीमा क्षेत्रका स्थानीय बासिन्दाहरूलाई “प्रक्रियाबारे बुझाउन नसक्दा” विवाद सिर्जना भएको हो।

“नदी नेपालतिर पठाउँदा पानीको बहाव बढ्दा बाढी जाने र विनाश हुने आम मानिसको बुझाई छ। त्यसैले निर्माण कार्य अघि बढ्दा विरोध भएको हो,” उनले बीबीसीसँग भने।

उनले नेपालको दार्चुला र भारतको धारचूला क्षेत्रमा नदी छेउका संरचनाहरू बेला मौकामा निर्माण वा मर्मत सम्भार भइरहने उनले बताए।

“त्यस्ता निर्माण कार्य गर्दा नेपाल र भारतका स्थानीय प्रशासनहरू जानकार हुन्छन्। कहिले काहीँ नदी नमोडी निर्माण गर्न मिल्दैन। र मोड्नासाथ हानी हुँदैन भन्ने बुझाउन गाह्रो भएको छ,” उपाध्यायले आफ्नो तर्क राखे।

स्थानीयको माग

भारतले पुरानो बाँधको संरचनाभन्दा करिब ९ मिटर तल तटबन्ध निर्माण थालेको र महाकालीको बहाव परिवर्तनपछि खलङ्गाको बङ्गाबगर, घाटबजार, तिङ्करखेडा, तल्लासैन खुलामञ्च र गल्फै क्षेत्र बाढीको उच्च जोखिममा परेको स्थानीयहरूको भनाई छ।

यसबारे बहस सुरु भएको यो पहिलो पटक भने होइन। यसै वर्षको असार महिनामा उक्त विषयमा ध्यानाकर्षण गराउँदै स्थानीयवासी चक्रबहादुर बमको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको थियो।

जसमा,”भारतले नयाँ तटबन्ध बनाउने क्रममा महाकाली नदीको बहावलाई अस्थायी रूपमा रोक्न नदीको बीचमा बनाएको अस्थायी बाँधका कारण नेपालतर्फको तटबन्धमा क्षति भई केही स्थानमा भत्किएको छ। त्यसले गर्दा आगामी वर्षायाममा नेपालतर्फ अझै ठूलो क्षति हुनसक्ने सम्भावना छ।”

त्यसको करिब तीन महिनापछि भदौको अन्त्यमा दार्चुला हुँदै बग्ने महाकाली र लास्कु खोलामा बाढी आयो। त्यति बेला ठूलो भौतिक एवं मानवीय क्षति भएको बताउँछन् प्रमुख जिल्ला अधिकारी उपाध्याय।

“क्षति र दुःख भोगेका कारण स्थानीयको आक्रोश स्वाभाविक हो। त्यसैले हामीले भारतसँग दुवै पक्षमा असर नपर्ने गरी काम अघि बढाउन छलफल गरेका छौँ,” उनले भने।

भारतले पनि हाल विवादरहित ठाउँहरूमा मात्र काम अगाडि बढाउने सहमति जनाएको जानकारी उनले दिए।

घटनापछि भारततर्फ जाने नेपालीहरूलाई कडाइ गरिएको बताइएको छ।

सुरक्षा जोखिम

घटना लगत्तै आफूहरूले भारतीय सीमा सुरक्षा बल, निर्माण सम्बन्धी ठेक्का लिएको पक्ष र धारचूलाका एसडीएमसँग भेटघाट गरेको र दुवै पक्षको सुरक्षा सुनिश्चित गर्ने पहल भएको सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी दीपक विष्टले बीबीसीसँग बताए।

“बाँध बाँधेको घटनालाई लिएर फरक परिस्थिति सिर्जना भयो तर अहिले स्थिति नियन्त्रणमा छ र जोखिम छैन,” विष्टले भने।

उनका अनुसार सुरक्षा निकायलाई आइतवारको घटनामा एकजना स्थानीय बालकलाई मात्र चोट लागेको विवरण प्राप्त भएको छ। यद्यपि, स्थानीय बासिन्दाहरूले भने दुई जनाभन्दा बढी बालक घाइते भएको दाबी गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यका र तराईमा हुस्सु/कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका ...

झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन

झापा । झापामा सवारी दुर्घटनाक्रम बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घ...

जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप्ने तयारी, चुनावी प्रभावको आशंकाबीच प्रतिवेदन अलपत्र पर्ने संकेत

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन समयमै तयार हुन नसकेपछि म्याद तेस्रोपटक थप गर्ने तयारी गरिएको छ। यसअघि दुईपटक गरेर ५० दिन म्याद थपिँदा पनि प्रतिवेद...

भारतको कोइलाखानीमा विस्फोट हुँदा मृत्यु भएका खोटाङका तीन जनाको शव ल्याउन समस्या, एक अझै बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन...

अग्यौलीमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन  मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प...

इङ्ल्यान्डविरुद्ध नेपालले हारेर पनि जितेको एउटा खेल

काठमाडौं । भनिन्छ, जितको सदैव महत्त्व रहन्छ, हारले त मन मात्र खिन्न बनाउँछ। तर कहिलेकाहीँ जितनजिक पुगेर हार्नु पनि जितसरह हुने रहेछ। यस्तो हारले अंकमा...

चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप , अरु अलमलमा

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीत्रय चुनावी दौडधुपमा छन् भने अन्यमा अलमल देखिएको छ । पूर्...

मकवानपुरमा १५ जनाले बुझाए इजाजत प्राप्त हतियार

बागमती । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुरमा १५ जनाले निजी प्रयोजनका लागि राखिएका हतियार बुझाएका छन् । प...

म्याग्दीमा ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४३० हेक्टर क्षेत्रफलमा ...

मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने

काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE