काठमाडौं । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने भएको छ।
संसद् भवन सिंहदरबार परिसरभित्र बन्दै छ। आफ्नै भवन नहुँदा सचिवालयले बानेश्वरको भाडामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक राख्दै आएको छ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला निर्धारित समयमा भवन नसकिएकाले निर्वाचित संसद्को बैठक पनि पहिलेकै स्थानमा राख्नुपर्ने अवस्था आएको बताउँछन्।
‘नयाँ निर्वाचित भएर आउनेले पनि नयाँ भवन पाएनन्। अर्कोतिर सिंहदरबार र संसद् भवन एकै ठाउँमा नभई फरक दूरीमा रहँदा चुनौती छ,’ उनले भने।
पञ्चायतकालमा बनेको संरचनामा टालटुल गरेर पनि ठाउँमा अपुग हुने भएपछि संसद् बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाको घरमा विगतदेखि नै चल्दै अएको छ।
आफ्नै सुविधासम्पन्न भवन बनाउने उद्देश्यका साथ बनाउन थालिएको भए पनि कोभिडका कारण निर्धारित समयमा निर्माण सकिएको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...
माघ २ गते, २०८२ - ०७:१३
काठमाडौँ । काठमाडौँ उपत्यकामा पुसको अन्तिम दिन यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको न्य...
माघ २ गते, २०८२ - ०७:०९
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन...




प्रतिकृया लेख्नुहोस्: