बाग्लुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । विसं २०६६ मा ‘बेसलाइन सर्वे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिए ।
यसअघि सन् २०१४ मा तीन प्रतिशत, २०१६ मा दुई दशमलव तीन प्रतिशत, २०१८ मा चार दशमलव ६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा दुई दशमलव ६४ प्रतिशतमा हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको थियो ।
‘‘नारायणस्थानमै भएको बेसलाइन सर्वेमा महामारीको रुप लिनथालेको भेटेपछि बागलुङमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको थियो’’ स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भने, ‘‘यो पटक शुन्य दशमलव २८ प्रतिशतमा झरेको छ ।” उनले अब अन्तिम पटक आम औषधि सेवन अभियान सञ्चालनपछि परीक्षण हुने र दुई प्रतिशतभन्दा कम भए आम औषधिसेवन कार्यक्रम सञ्चालन नहुने बताए ।
विसं २०७८ मा गरिएको परीक्षणमा नारायणस्थानमै दुई दशमलव ६४ प्रतिशतमा सङ्क्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । कार्यालयले माघ अन्तिम साता १४ औंँ पटक स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।
‘‘यो पटक अन्तिम हो भन्ने लागेको छ, अब औषधि सेवनपछि अर्को जाँच हुन्छ’’, शर्माले भने, ‘‘सामान्यतया छ वर्ष आम औषधि सेवनपछि हात्तीपाइले निवारण हुनुपर्ने हो, हामीले १४ वर्ष प्रयास गर्नुपर्यो ।’’
‘विश्वव्यापी मापदण्डअनुसार परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कममा सङ्क्रमण नदेखिएसम्म पटक–पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत वर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको कार्यालयको भनाइ छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले भन्नुभयो। ‘‘यो पटकको प्रि–टास पास भए एकपटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’’
यसपटक पनि ‘प्रि–टास’ पास नभए आम औषधि सेवनको विधि परिवर्तन गरी थप औषधिसहित दुई वर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो ।
नारायणस्थानमा पछिल्ला दुई वर्ष औषधि सेवन गर्नेलाई खोप कार्ड नै दिएर कार्ड नबनाउनेका सरकारी सेवा सुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: