काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्नरनगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै मधेसी समुदायलाई लक्षित गर्दै विभिन्न व्यक्तिहरुले अपमानजनक शब्द प्रयोग गरी सामाजिक सद्भाव भड्काउने कार्य गरिहेकोबारे आयोगसमक्ष विभिन्न उजुरी प्राप्त भएको र यस्ता गैरकानूनी कार्यले राष्ट्रिय एकतामा समेत खलल पार्न सक्ने भएकाले त्यसप्रति आयोग गम्भीर सचेत रहेको जनाएको छ ।
आयोगले त्यस्ता उजुरीमाथि तुरुन्त सम्बन्धित निकायलाई पत्राचार गरी छानबिन तथा कडाभन्दा कडा कारबाही गर्नका लागि सिफारिससमेत गरिरहेको जनाएको छ । आयोगको सिफारिसपश्चात् सम्बन्धित निकायले विभिन्न घटना छानबिन गरी दोषीलाई कानूनी दायरामा समेत ल्याएको तथा यस्ता संवेदनशील घटनामा स्थलगत अनुगमतसमेत हुने गरेको आयोगले सबैमा जानकारी गराएको छ ।
“कुनै पनि जात, धर्म, समुदाय वा संस्कृतिमाथि प्रहार गर्नु अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य हो भन्दै यस्ता कार्यहरू नगर्न/नगराउनु हुन आयोग सबैलाई सचेत गराउँदछ । कुनै पनि व्यक्ति वा संस्थाले त्यस्तो गैरकानूनी कार्य गरेमा नेपालको प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ”, आयोगको विज्ञप्तिमा भनिएको छ ।
‘जहाँ समस्या, त्यहीँ मधेसी आयोग’ को मूलमन्त्रसहित आयोगले आफ्नो संवैधानिक दायराभित्र रही मधेसी समुदायको संरक्षण, संवद्र्धन तथा सशक्तीकरणका लागि अहोरात्र काम गरिरहेको पनि स्पष्ट पारेको छ ।
साथै, मधेसी समुदायको अधिकार उल्लङ्घन गर्नेरगराउने र सो समुदायमा प्रहार गर्ने व्यक्ति वा संस्थाको विरुद्धमा आयोग ऐन २०७४ ९७० अनुसार उजुरी दिन आयोगले अनुरोध गरेको छ । टेलिफोन ०१–५२६११८५, हटलाइन ११४८, टोल फ्री १६६००११६१८५ तथा आयोगको सामाजिक सञ्चालनमा इमेलमार्फत सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: