एजेन्सी । इरानले इजरायली गुप्तचर निकायसँग काम गरेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएको छ । साथमा अन्य तीन जनालाई जेल सजाय पनि सुनाएको छ ।
हुसेन आरदुखन्जादेह, शहिन इमानी महमुदाबाद, मिलाद अश्रफी अतबतान र मनोचेहर बहबन्दी बोजन्दीलाई आइतबार सबेरै मृत्युदण्ड दिइएको थियो । देशको न्यायालयले यो जानकारी उसको आधिकारिक वेबसाइटमा राखेको छ ।
अदालतले मृत्युदण्ड दिइएका व्यक्तिलाई ‘ठग’ भनेको छ र उनीहरू इजरायली गुप्तचर निकायबाट निर्देशित भएर सार्वजनिक तथा निजी सम्पत्तिको क्षति, चोरी, अपहरणमा सरिक भएको आरोप लगाएको छ ।
दोषीहरूले स्विडेनस्थित मोसादको कार्यालयबाट निर्देशन पाउने गरेको र तिनले मोसादबाट क्रिप्टोकरेन्सीमा पैसा भुक्तानी हासिल गर्ने गरेको न्यायालयले दाबी गरेको छ । मुद्दा सर्वोच्च अदालतले हेरेको थियो, जसले आइतबार मृत्युदण्ड दिइएको पुष्टि गर्यो । यसको फैसला भने बुधबार नै भएको थियो ।
मृत्युदण्ड दिइएका चारबाहेक पनि थप तीन जनालाई पाँचदेखि दस वर्षको सजाय सुनाइएको छ । उनीहरूमाथि ‘राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको र अपहरण तथा हातहतियार सङ्ग्रहमा सहयोगी’ भएको आरोप लगाइएको छ ।
इरान र इजरायल क्षेत्रीय शत्रु हुन् र इरानले समय समयमा इजरायलका अतिरिक्त, युरोपेली संघ र अमेरिकाजस्ता विदेशी शक्तिसँग काम गरेको आरोपमा मानिस पक्राउ गर्ने गर्छ । पछिल्लो मृत्युदण्ड त्यो समय दिइएको छ, जब इरानमा महिनौँदेखि विरोध प्रदर्शन चलिरहेको छ । सेप्टेम्बरको बीचबाट महसा अमिनी नामक युवतीको धार्मिक प्रहरीको हिरासतमा मृत्यु भएपछि चर्केको आन्दोलन शान्त नहुँदा इस्लामिक गणतन्त्रमै धक्का लाग्ने हो की भन्ने आशङ्का उत्पन्न भएको छ ।
इरानले देशमा चलिरहेको प्रदर्शनका पछाडि अमेरिका, इजरायल, बेलायत, फ्रान्स, जर्मनी र साउदी अरबको हात भएको आरोप लगाएको छ । तर आइतबारको मृत्युदण्ड भने पछिल्लो प्रदर्शनसँग सम्बन्धित नरहेको बताइएको छ, जसमध्ये अधिकांश ६ महिनाअघि नै पक्राउ परेका थिए । अलजजिरा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: