Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

खबरडबली संवाददाता

चितवन । भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् ।  नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ । 

नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नुहुने चिकित्सकको भनाइ छ ।  भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा। सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताए । 

औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उनको दाबी छ । तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उनको अनुभव छ । 

एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ । जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो ।
 
सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन् । तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन् । 
 सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४५ जना बालबालिका छन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत रहेका छन् । 

नियमित औषधि सेवन गर्नेको स्वास्थ्य राम्रो भएको उनको भनाइ छ । औषधि खाइरहेका सङ्क्रमितमध्ये ९७ दशमलव ६० प्रतिशतको सङ्क्रमण नसर्ने अवस्थामा पुगेको छ । एक हजार कपीभन्दा कम भइरसको सङ्ख्या भएका बिरामीबाट एचआइभी एड्स नसर्ने उनले जानकारी दिए ।

सन् २०२२ को जनवरीदेखि हालसम्म जिल्लामा २७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समूदायमा परीक्षण गरिएका एक सय २४ मध्ये दुई जना र एआरटी सेन्टरमा परीक्षण गरिएका एक सय ११ जनामध्ये २५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस वर्ष एक सय १६ जना नयाँ सङ्क्रमितले एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) औषधि सुरु गरेका छन् । सङ्क्रमितले दैनिक एक ट्याबलेट औषधि लिनुपर्ने हुन्छ । सेन्टरले एक पटकमा अवस्था हेरी एक महिनादेखि तीन महिनासम्मका लागि औषधि दिने गरेको छ ।
 
जिल्लामा रहेका सङ्क्रमित महिलामध्ये ३९ को पाठेघरको क्यान्सर परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराइएको हो । सङ्क्रमितमध्ये सबैभन्दा बढी कामको खोजीमा भारत जाने महिला र पुरुष छन् । यसैगरी यौन व्यवसायी र तिनका ग्राहक, तेस्रोलिङ्गी, यौनिक अल्पसङ्ख्यक, लागूऔषध प्रयोगकर्तामा पनि सङ्क्रमण देखिने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

इनिसा विक हत्याकाण्ड: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE