धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ,–‘जिल्ला बैतडी डिलासैनी गाउँपालिका वडा नं। ६ बस्ने गणेश साउदकी छोरी वर्ष १५ की चेतना साउँद हाल यस जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं। ५ स्थित पञ्चोदय मा।वि। हसनपुर कक्षा ८ मा अध्ययनरत छात्राको मिति २०७९/०८/१५ गते बिहान १०ः१५ बजे विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका वडा नं। ५ स्थित पिपल चौतारा दोबाटोमा सडक निर्माणको क्रममा ग्रेडरबाट दुर्घटना हुँदा मृत्यु भई उक्त घटना पश्चात् सृजना भएको परिस्थितिलाई मध्यनजर गर्दै हुन सक्ने अराजक गतिविधिहरूलाई नियन्त्रण गरी सर्वसाधारण नागरिकहरूको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न आवश्यक देखिएकोले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम यस जिल्लाको तपसिलका क्षेत्र र समयमा ५ जनाभन्दा बढी व्यक्तिहरू आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन जिल्ला सुरक्षा समिति कैलालीको मिति २०७९।०८।१५ गतेको निर्णयअनुसार निषेध गरिएको छ। यस आदेशको उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा सम्बन्धित सबै सर्वसाधारणको जानकारीका लागि सूचित गरिएको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...
पौष ४ गते, २०८२ - १४:३०
ढाका। इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनको विरोधमा ढाकामा प्रदर्शन निरन्तर जारी रहेको छ । डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडि...
पौष ४ गते, २०८२ - १४:१८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जान लागेका छन्। उनी भैरहवास्थित भरतपुर विमानस्थल हुँदै रुपन्देही प्रस्थान गर्...
पौष ४ गते, २०८२ - १३:५५
काठमाडौँ । जेनजी अभियन्ता पुरुषोत्तम सुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुने भएका छन्। सोअनुसार उनलाई पार्टीले समानुपातिक उम...
पौष ४ गते, २०८२ - १३:४८
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गत...
पौष ४ गते, २०८२ - १३:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुरसम्म जहाजमार्फत र त्यहाँबाट रुपन्देहीसम्म गाडीमार्फत जाने भएका छन्। बिहान...
पौष ४ गते, २०८२ - १३:३०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गरेको छन् । राष्ट्रपति भवन शीतल निव...
पौष ४ गते, २०८२ - १३:२२
पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएको छन् । ‘भविष्यका लागि बाँसको आवास...
पौष ४ गते, २०८२ - १३:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...




प्रतिकृया लेख्नुहोस्: