काबुल । खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई खाद्यान्न अभाव बढेको छ ।
आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) द्वारा युरोपेली सङ्घसँगको साझेदारी र समन्वयमा जारी गरिएको सर्वेक्षणअनुसार अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ । बिजुली कटौतीका कारण देशका प्रमुख सहरको अर्थतन्त्रमा प्रभाव परेको, विद्युत् अभावमा धेरै कारखाना बन्द भएका तथा रोजगारीका सीमित अवसरमा पनि प्रभाव परेको छ ।
खडेरी र कमजोर शासनको परिणाम स्वरूप अफगानिस्तानको आधा भन्दा बढी जनसङ्ख्याले गम्भीर खाद्यान्न अभावको झेलिरहेको छ । सर्वेक्षणले गरिबीका कारण अफगानीको जीविकोपार्जनमा नकारात्मक असर परेको, ग्रामीण क्षेत्रका धेरै मानिसलाई उनीहरूको स्रोत विविधीकरणमा पर्याप्त उपलव्ध नभएको तथा करिब ६० प्रतिशत जनसङ्ख्या जलवायु आघातबाट पीडित भएका देखाएको छ ।
यसैबीच, विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)ले पनि अफगानिस्तानको आर्थिक सङ्कटलाई लिएर गम्भी। चिन्ता व्यक्त गरेको छ । व्याप्त आर्थिक सङ्कटले देशभरका परिवार र समुदायको जीविकोपार्जनमा समस्या भएको उसले बताएको छ । डब्ल्युएफपीले साना उद्यममा असर परेको, निजी कम्पनीले बिक्रीमा भएको कमी, उत्पादन र उपभोक्ता मागमा आएको विशाल गिरावटका कारण आधाभन्दा बढी कर्मचारी कटौती गरिएको जनाएको छ । लाखौँ अफगानी भोकमरीको चपेटामा पर्नसक्ने जनाउँदै उक्त संस्थाले मानवीय सङ्कटबाट अफगानिस्तानलाई जोगाउन अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: