मकवानपुर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार चार सय ८९ मत खसेकोमा चार हजार ५८ मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४६ हजार दुई सय ३० मत खसेकोमा एक हजार छ सय ६३ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४५ हजार ८० मत खसेकामा पाँच सय चार मत बदर भएको आयोगको भनाइ छ ।
निर्वाचन क्षेत्र नं २ मा ८६ हजार तीन सय एक मत खसेकोमा चार हजार एक सय दुई मत बदर भएको छ । यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा ४५ हजार आठ सय ५३ मत खसेकामा एक हजार पाँच सय ९९ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४३ हजार तीन सय २९ मत खसेकामा एक हजार चार सय ९४ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ प्रदेशसभा १ मा ४५ हजार ७५ मत खसेकामा एक हजार छ सय ९८ मत बदर भएको छ भने प्रदेशसभा २ मा ४६ हजार १२ मत खसेकामा दुई हजार तीन सय ९५ मत बदर भएको छ । त्यसैगरी क्षेत्र नं २ मा ८६ हजार तीन सय ३८ मत खसेकामा चार हजार एक सय १४ मत बदर भएको छ भने प्रदेशसभाका लागि ८६ हजार ३३ मत खसेकामा पाँच हजार दुई सय ६६ मत बदर भएको छ ।
मकवानपुरमा यसपटकको निर्वाचनमा तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जनाले मात्र मतदान गरेका थिए ।
कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले मतदाता शिक्षा सञ्चालन भए पनि यति धेरै सङ्ख्यामा मत बदर हुनु आश्चर्यजनक भएको बताए। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यसभन्दा कम मत बदर भएको उनको भनाइ छ । कार्यालयले निर्वाचनमा जिल्लाका १० वटा स्थानीय तहका एक सय २ वटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: