Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

मधेसमै खुम्चिए मधेसवादी दल, मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे

पुरानै पार्टीतिर फर्कियो जनमत

खबरडबली संवाददाता
जनकपुरधाम । विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा ९एमाले०ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएको हो । शुक्रबार ९मङ्सिर ९ गते० जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधि र उहाँका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काएको थिए । 
 
यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा थियो, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुग्नुभएका राजेन्द्र महतोले निकै चुनौतीको सामना गरिरहेको खबर आइरहेका थिए । महतोलाई चुनौती दिने नेता थिए, मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव । मधेसी नागरिकलाई सङ्गठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेको घोषणा भइसकेको थियो, त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हार्दै थिए, यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हार्दै थिए । 
 
“भाइ फुटे गवार लुटे भनेको यही त रहेछ हजुर”, अन्तिम चुनावी परिणाम सुनिरहेकामध्येका जनकपुरधाम–३ का ६१ वर्षीय राजेन्द्र भगत भन्दै थिए, “यति छिट्टै यस्तो होलाजस्तो लागेको थिएन ।” उनले मधेसमा एकल सरकार बनाउन सक्ने हैसियत बनाएका दल रक्षात्मक अवस्थामा पुगेको देखेर आफूलाई निकै दुःख लागेको बताए । ‘खुसी हुने कि दुःखी’ अन्योलमा हुनुहुन्थ्यो जनकपुरधाम–१ का ६५ वर्षीय धनीवीर दास पनि । “हिजो हामी पनि उहाँहरु सँगसँगै लडेको हो अधिकारका लागि तर अहिले सबै अलगअलग हुनुहुन्छ”, उनले भने, “त्यसको फाइदा त अरुले उठाए नि १ यो दुःखद् हो ।”
 
जनकपुधाम–४ का ५८ वर्षीय फुलगेन साहले अहिलेको परिणामले आफूलाई आश्चर्य नलागे पनि मधेस आन्दोलनका नेताहरुले चुनाव हारेकामा नराम्रो लागेको प्रतिक्रिया दिनुभयो । “राम्रो त भएन तर के गर्नु जनता रिसाएपछि”, साह भन्नुहुन्छ, “अधिकारको नाराले मात्रै केही हुँदैन, अवसर पाएको बेला काम गर्नुप¥यो नि ।” सोही ठाउँका २१ वर्षीय अनुराज झा पनि यस्तै भन्दै हुनुहुन्थो, “जनता बदलाव चाहन्छन्, अवस्थामा बदलाव । न बदलाव भयो न नेताहरु बदलिए, न त उनीहरु एक ठाउँमा भए । त्यसैले परिणाम यस्तो आयो ।”
 
देशभर चुनावको अन्तिम परिणाम आउने क्रममा छ । मधेस प्रदेशमा पनि चुनावी चित्र प्रष्ट भइसकेको छ ‘अरु चम्किए, मधेसवादी खुम्चिए’ । यो परिणामका विविध पाटाको समीक्षा हुँदै जानेछ । मधेस प्रदेशको राजधानी जनकपुरधाम धनुषामा भने मतगणनाको प्रारम्भिक नतिजासँगै बहस सुरु भइसकेको छ । यहाँका युवादेखि वृद्ध, व्यापारीदेखि ग्राहक, जागिरेदखि बुद्धिजीवी सबैले यसपटकको निर्वाचनको परिणामप्रति चासो व्यक्त गरिरहेका छन् । 
 
‘मधेस आन्दोलनका महारथी एकले जिते दुईले हारे’
 
भनिन्छ चुनावमा हारजीत स्वाभाविक हो । देशभरि पटकपटक मन्त्री र पार्टी सत्तामा पक्कड भएका नेताहरु पनि राजनीतिको कखरा सिक्दै गरेकाहरुबाट पराजित भएका छन् । मधेसमा पनि त्यस्तै तर केही फरक भएको छ । यहाँ विकल्पको रुपमा नयाँलाई कम पुरानै पार्टीतर्फ बढी जनमत फर्किएको छ । पार्टी नेता तर चुवावमा स्वतन्त्रको हैसियतमा भएकाहरु चम्किएका छन् । 
 
मधेस राजनीतिका तीन महारथी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र  महतोमध्ये एक जनाले मात्रै जितेको छन् । ठाकुरले महोत्तरी ३ मा हिजोको सहयात्री दल जसपाका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरेको छन् । महतोले सर्लाही २ मा लामो समय सहयात्रा गरेका महेन्द्र राय यादवबाट हार बेहोर्नुपरेको छ । यादवले सप्तरी २ मा मधेशीकै मुद्दाले स्थापित जनमत पार्टीका अध्यक्ष डा सिके राउतबाट पराजय हुनु परेको छ । त्यसैले पनि मधेसको हार र जीत दुवै विशेष छ । यहाँ हार्ने आफ्नै, हराउने पनि आफ्नै । 
 
विश्लेषक रोशन जनकपुरी पनि अरु ठाउँको भन्दा मधेसको हारजीत फरक र विशेष रहेको बताउन्छन् । “मधेसकै मुद्दा उठाएर स्थापित हुन खोजेको जनमत पार्टीले जनमत बढाउँदै गएको छ, हार्ने ठाउँमा पनि यिनै दलका उम्मेदवार निकटतम प्रतिस्पर्धी छन्”, उनले भने, “आपसमा लडेपछिको परिणाम यस्तै त हुन्छ ।” उनले मधेसवादी दलले अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनविश्वास भड्किँदै गएको बताए । “हिजोका मुद्दा यथावत छन्, मधेसवादी दलहरुमा राजनीतिक चरित्र अस्थिर रह्यो, त्यसकै प्रतीकात्मक अभिव्यक्ति हो अहिलेको परिणाम”, जनकपुरी भन्न्छन्, “जनतामा के मा र किन मत दिने भन्ने द्विविधा त थियो नै, मत विभाजित भएपछि अरुले फाइदा उठाए ।”
 
अर्का विश्लेषक डा राजेन्द्र विमल पनि मधेशवादी दलहरुले यहाँबाट आर्जित शक्तिलाई मधेशका मुद्दा सम्बोधन गर्नेतर्फ सही रुपमा प्रयोग नगरेकै कारण जनताले आशा र निराशासहित अभिमत जाहेर गरेको बताए । “अहिले देशभरि जनताहरु आक्रामक छन्, यहाँका नेताहरुले पनि मधेसका जनताको भावना बुझ्न सकेनन्”, डा विमलले भन्नुभयो, “मधेसका मुद्दा सम्बोधन गर्न इमान्दार प्रयत्न नभएको लागेरै जनताले यस्तो गरेका हुन सक्छन् ।”
 
यसपाली मधेस आन्दोलनका सहयात्री दलहरु फरकफरक कित्तामा उभिएका कारणले त हुँदै हो विगत पाँच वर्षमा प्रदर्शन गरेको अस्थिर राजनीतिक चरित्र पनि मधेसवादी दलहरुलाई महँगो परेको धेरैको बुझाइ छ । हुन पनि विसं २०७४ मा गठबन्धन र पछि पार्टी एकता गरेका नेताहरु सत्ता राजनीतिकै कारण फेरि फुटे । उम्मेदवारी दर्ताको केही दिन अघिसम्म सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी अन्तिम समयमा प्रतिपक्षी एमाले कित्तामा गयो । एमाले कित्तामै रहेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग सहकार्य ग¥यो । पुराना सहयात्री यी दलको यही व्यवहारलाई जनताले मन नपराएको डा सुरेन्द्र लाल बताउन्छन् । 
 
उनले राष्ट्रिय पार्टी र मधेशवादी दलबीचको फरक नछुटेकै कारण मधेशका जनता पनि विभाजित भएको बताए । “हुन त काठमाडौँमा जे भयो मधेसमा पनि त्यही भयो”, डा लालले भने, “फेरि किन मत हाल्ने भन्ने बारे जनतालाई आश्वस्त पार्न नसकेपछि हुने यस्तै हो ।”
 
पुरानै पार्टीतिर फर्कियो जनमत
 
पाँच वर्षअघि तत्कालीन सङ्घीय समाजवादी फोरम (हालको जसपा) र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले आफ्नै बलबुतामा प्रतिनिधिसभाका ३२ मध्ये १९ र प्रदेशसभामा ६४ मध्ये ३४ सिट जितेका थिए । त्यसबेला सङ्घीय समाजवादी फोरमले प्रतिनिधिसभामा नौ र प्रदेशमा १९ तथा राजपाले प्रतिनिधिसभामा १० र प्रदेशमा १५ स्थानमा जितेको थियो । यसपटक भने फरक कित्तामा रहेका यी दुई पार्टीमध्ये जसपाले प्रतिनिधिसभामा छ र लोसपाले तीन गरी नौ स्थानमा जीत निकालेका छन् । त्यसैगरी प्रदेशसभामा क्रमशः नौ र सात गरी १६ स्थानमा जितेका छन् । 
 
यी दुई पार्टीले समग्रमा प्रतिनिधिसभामा नौ र प्रदेशसभामा १८ सिट गुमाएका छन् । यी सिटमध्ये मधेशवादी दल जनमत पार्टीले प्रतिनिधिसभाको एक र प्रदेशसभाको छ स्थान ओगटेको छ । समग्रमा जसपा र लोसपाबाहेकका पार्टी तथा स्वतन्त्रले प्रतिनिधिसभाका २३ र प्रदेशसभाका ४८ स्थान आफ्नो पक्षमा पारेका छन् । जबकी अघिल्लो पटक प्रतिनिधिसभामा र प्रदेशसभामा क्रमशः दुई र १४ स्थानमा जितेको एमालले यो पटक प्रतिनिधिसभामा आठ र प्रदेशसभामा १४ स्थान जितिसकेको छ । 
 
प्रदेशसभाको परिणाम आउन बाँकी एक सिटमा एमाले उम्मेदवार अगाडि छन् । त्यसैगरी अघिल्लो पटक प्रतिनिधिसभामा छ र प्रदेशसभामा नौ सिटमै चित्त बुझाएको कांग्रेसले यो पटक प्रतिनिधिसभामा एक सिट बढाएर सात र प्रदेशमा चार सिट बढाएर १३ पु¥याएको छ । 
 
प्रतिनिधिसभाको परिणाम आउन बाँकी एक सिटमा कांग्रेस उम्मेदवार अगाडि छन् । मधेशवादी दल मात्रै होइन, अरु पार्टीभन्दा मधेस पक्षधर भनिएको माओवादी केन्द्रले पनि प्रतिनिधिसभामा अघिल्लो पटक जितेको ९पाँच० सिटबाट चार र प्रदेशमा ९अघिल्लो पटक छ० दुई सिट गुमाएर चार सिटमा चित्त बुझाएको छ । यसबाहेक एमाले विभाजन गरेर बनाइएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार स्थान सुरक्षित गरेको छ ।  
 
सङ्ख्यात्मकरुपमा अब सबै मधेशवादी दलहरु मिलेर पनि प्रदेश सरकार बन्ने अवस्था गुमेको छ । अघिल्लो पटक जसपा र लोसपा मिलेर एकल सरकार बनेको थियो । देशमा राजनीतिक उथलपुथल हुँदा पनि जसपा नेतृत्वको मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले पाँचै वर्ष सरकार चलाउनुभएको थियो । तर अब मूलधारका राष्ट्रिय पार्टीको सहयोगबिना सरकार बन्न नसक्ने अवस्था आएको छ ।  
 
आशा र निरासाको अभिव्यक्ति
 
विश्लेषक जनकपुरी मधेसमा मधेसवादी पार्टी र समग्रमा मधेस र उत्पीडित जनताको पक्षधर मानिएको माओवादी शक्ति कमजोर हुनुको सङ्केत राम्रो नभएको बताउन्छन्। “मधेसको कुरा गर्दा मधेसवादी दलमा आएको मत फेरि पुरानै पार्टीतिर फर्किन सुरु भएको छ । समग्रमा परिवर्तनका पक्षधर दलप्रतिको आक्रोस मतदानबाट पनि पोखिएको छ”, उहाँले भने। उनले मधेसी तथा परिवर्तनकारी जनतामा संवेदना बाँकी नै रहेकाले हिजो गरिएका वाचा पूरा गर्न र गुम्न थालेको साख फर्काउन इमान्दार प्रयत्न गर्न लाग्नु नै दलका लागि हितकर हुने बताए । 
 
विश्लेषक डा राजेन्द्र विमलले नयाँ पुस्ता र नयाँ पार्टीको उदयलाई देशले परिवर्तन चाहेको अर्थमा बुझ्न सकिए पनि राष्ट्रिय एकता र परिवर्तनको मुद्दा बोक्ने कमजोर हुँदै जानु राम्रो नभएको बताए । “अहिलेको परिणाम आशा र निराशाको समिश्रण मात्रै हो । नेता र दलहरु नबदलिएमा जनता त बदलिन्छन् नै”, डा विमलको भनाइ छ, “अविश्वासले आक्रोसको रुप लिनुअघि नै हामी सबै बदलिन जरुरी छ । पक्कै सुन्दर बिहानी आउँछ । अँध्यारा पक्ष मेटिदै जान्छन् ।”
 
विश्लेषक डा सुरेन्द्र लालले पनि अहिलेको परिणामले मधेसवादी र परिर्वतनकारी शक्तिहरुले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताउन्छन् । जे गरे पनि जनताले मत हालिहाल्छन् भन्ने मनोविज्ञानलाई अहिलेको परिणामले बदल्न चेतावनी मात्रै दिएको भन्दै डा लालले दलहरु बाँकी समय पनि नेताहरु नसुध्रिएमा समस्या हुने बताए। “सत्ता र शक्तिका लागि आजसम्म भएका क्रियाकलापले सबै एकै त हुन् नि भन्ने अवस्था बनेको छ । राष्ट्रिय पार्टी र मधेसवादी दलहरुको फरक छुटिएन । जनजीवीका, सामाजिक रुपान्तरण र समृद्धिका मुद्दा नारामै सीमित भए”, डा लालले भन्नुभयो, “अब आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका लागि कार्यशैली बदल्न जरुरी भइसकेको छ । नभए जनताका अगाडि सधै विकल्प हुन्छन् ।” 
 
देशभरको अवस्था हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी सोचेभन्दा बढी नै फैलिएको छ । परम्परागत शक्ति राप्रपाले पहिलेभन्दा बढी शक्ति सञ्चय गरेको छ । मधेसमा पनि पुरानै पार्टीहरुको पनर्योदय सुरु भएको छ । यद्यपि जनमत पार्टीले यहाँ पनि नयाँ उचाइ लिएको छ । कुनैबेला मधेस विरोधी पार्टी भन्ने गरिएको एमाले अहिले यस प्रदेशमा सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुँदैछ ।  मधेसवादी दल तेस्रो÷चौथो स्थानमा खुम्चिँदै छन् । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरू जलेर पहिचान गर्न कठिन भएकाले...

भारतबाट एक अर्बको आलु आयात

बाँके। बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजा...

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर...

उपसभामुखको पत्र प्रकरणमा थप बचाउमा उत्रियो रास्वपा

उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय...

एनसिबी र राहदानी विभागबिच समझदारी

काठमाडौँ। अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्युरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबिच आज समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक...

बेचन झा थुनामै रहने, सर्वोच्चद्वारा थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप...

नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब माथीको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। विहिबार नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक से...

आजको मन्त्रिपरिषद्को बैठकले भारत र चीनका लागि राजदूत नियुक्ति गर्ने तयारी

काठमाडौँ । आज बस्ने मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले...

संसदीय समितिले पर्यटन मन्त्रीलाई भन्योः आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्नु

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विहिबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy