Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

प्रत्यक्षतर्फ १५७ सिटको टुङ्गो लाग्यो, यी हुन् अब आउने सासदहरु (सुचिसहित)

खबरडबली संवाददाता
काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । 
 
प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले)४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै,  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक र जनमत पार्टीले एक सिट जितेको छ । त्यसैगरी पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 
 
आयोगका अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । बाजुरामा शनिबार पुनः मतदान भएको छ भने दोलखाका केही मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ ।
 
क–कस्ले जिते ?
कांग्रेसबाट प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादु देउवा, योगेश शेरचन, टेकबहादुर गुरुङ, प्रकाशमान सिंह, सन्तोष चालिसे, गगनकुमार थापा, प्रदीप पौडेल, मोहन आचार्य, उदय शमशेर जबरा, शंकर भण्डारी, राजेन्द्रकुमार केसी निर्वाचित भएको छन् । 
 
साथै, कांग्रेसका रमेशकुमार रिजाल, हृदयराम थानी, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, अजयकुमार चौरसिया, राजेन्द्र बजगाँई, खमबहादुर गर्बुजा, पुष्पबहादुर शाह, वीरबहादुर बलायर, दिलेन्द्र प्रसाद बडू, रमेश लेखक, एनपी साउँद, दिक्पालकुमार शाही, दुर्लभ थापा, शशांक कोइराला, रामचन्द्र पौडेल, किशोरसिंह राठोर, देवप्रकाश तिमल्सिना, दिनेश कुमार यादव, राम नाथ अधिकारी, पूर्णबहादुर खड्का पनि निर्वाचित भएको छन् । 
 
आयोगका अनुसार कांग्रेसका विष्णु कुमार कार्की, श्यामकुमार घिमिरे, दीपक गिरी, सञ्जय गौतम, विनोद चौधरी, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, शेखर कोइराला, डिल्लीराज पन्त, चन्द्रकान्त भण्डारी, राजु थापा, दीपक खड्का, सुरेन्द्र राज आचार्य, सीता गुरूङ, सुनिलकुमार शर्मा, अर्जुननरसिंह केसी, तेजुलाल चौधरी, ऐनबहादुर शाही, महेन्द्रकुमार राय, डिगबहादुर लिम्बू, पूर्णबहादुर तामाङ पनि निर्वाचित भएको छन् । 
 
 
त्यसैगरी नेकपा ९एमाले०बाट अम्बरबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर महर्जन, गोकर्ण विष्ट, देवराज घिमिरे, केपी शर्मा ओली, योगेश भट्टराई, राजकुमार गुप्ता, टोपबहादुर रायमाझी, सूर्य थापा, पृथ्वीसुब्बा गुरुङ, महेश बर्तौला, मानवीर राई, पदम गिरी, लालप्रसाद साँवा लिम्बु, बासुदेव घिमिरे, राजेन्द्रकुमार राई निर्वाचित भएको छन् । 
 
आयोगका अनुसार एमालेका विद्या भट्टराई, सूर्य प्रसाद ढकाल, राम शंकर यादव, दामोदर भण्डारी, तारा लामा तामाङ, बलराम अधिकारी, वसन्तकुमार नेम्वाङ, दामोदर पौडेल ’वैरागी’, हरिप्रसाद उप्रेती, ज्वालाकुमारी साह, अच्युतप्रसाद मैनाली, जुली महतो, मनबहादुर गुरूङ पनि निर्वाचित भइसकेका छन् । 
 
त्यसैगरी लीलानाथ श्रेष्ठ, ठाकुरप्रसाद गैरे, ऋषिकेश पोखरेल, मंगलप्रसाद गुप्ता,  विष्णु पौडेल, गोकुल बाँस्कोटा, नारायणप्रसाद आचार्य,  छविलाल विश्वकर्मा, भीम आचार्य, सुवास नेम्वाङ, लक्ष्मी महतो कोइरी  र महेश बस्नेत निर्वाचित हुनुभएको छ । 
 
 
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, शक्तिबहादुर बस्नेत, सुदन किराती, माधव सापकोटा, अमनलाल मोदी, हितबहादुर तामाङ, रामकुमार राई, लेखनाथ दाहाल, रेखा शर्मा, पूर्णबहादुर घर्ती, महिन्द्रराय यादव, सूर्यप्रसाद तामाङ९दोङ०, छिरिङ डम्बुल लामा ९भोटे० र महेन्द्रबहादुर शाही विजयी भएको छन्
 । 
 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्रप्रसाद पाण्डे, धनबहादुर बुढा, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, प्रकाश ज्वाला, मेटमणि चौधरी, प्रेमबहादुर आले र भानुभक्त जोशी विजयी भएको छन् । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, सोविता गौतम, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, हरि ढकाल, शिशिर खनाल र तोसिमा कार्की निर्वाचित हुनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०का प्रदीप यादव, नवलकिशोर साह सुडी, दीपक कार्की, राम सहायक प्रसाद यादव, राजकिशोर यादव र बीरेन्द्रप्रसाद महतो निर्वाचित हुनुभएको छ ।
 
राप्रपाका राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धवलशमशेर राणा, दीपकबहादुर सिंह, ध्रुवबहादुर प्रधान, दीपक बोहोरा र ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएको छन् । 
 
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, शरतसिंह भण्डारी र रामप्रकाश चौधरी विजयी ्भएको छन् । 
 
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवाल एवं जनमत पार्टीका चन्द्रकान्त राउत निर्वाचित भएको छन् । स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल, प्रभू साह, किरणकुमार साह, अमरेशकुमार सिंह र लालवीर चौधरी निर्वाचित भएको आयोगले जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे ।  सामाजिक सञ्जा...

बजारमा ग्यास अभाव भैरहँदा 'होटल रेडिसन'मा भेटियो १८४ वटा सिलिन्डर मौज्दात

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो (अपडेट)

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...

कांग्रेस इतर समूहको कार्यालय चुनदेवीमा टाँसियो ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...

निजी क्षेत्रलाई चलायमान बनाएर ६६ खर्बको अर्थतन्त्र अघि बढाउने सरकारको लक्ष्य, आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...

पत्रकार श्रेष्ठलाई हतकडीसहित जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...

चुनदेवीबाट देउवाको चेतावनी: यीनीहरूलाई भोलिदेखि हामीले देखाउँछौं, राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...

सातामा दुई दिन सार्वजनिक बिदा तत्काल नहट्ने

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...

रोल्पामा पहिरोको कहर : मृतकको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...

प्रहरी कार्यालय र हिरासत कक्षमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending